बेलबारी नगरपालिकाको प्रमुखमा डिपी राई निर्वाचित, उपप्रमुखमा नितु थापा

जेठ ०६, बेलबारी । बेलबारी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका नेता दिल प्रसाद राई (डिपी) निर्वाचित भएको छ । नेपाली काँग्रेसका नेता महेन्द्रप्रसाद सुवेदीलाई ८ सय २ मत ले पछि पार्दै नेकपा एमालेका उम्मेदवार दिलप्रसाद (डिपि) राई विजयी भएका हुन् । राईले १६ हजार ४ सय २२ मत प्राप्त गर्दै

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अगाडी

४ जेठ, धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धनका उम्मेदवार हरुलाई पछी पार्दै ५० मतले अगाडी भएका छन्। खानेपानीको मुद्दा लिएर सामाजिक अभियानमा लागेका साम्पाङले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका छन् । हालसम्म २७ हजार ६८७ मत गणना हुँदा हर्कले ८ हजार ४६ मत

बेलबारी ११ को वडाध्यक्षमा विक्रम राई विजयी

जेठ ०२, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं ११ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका विक्रम वान्तवा राईले जित हासिल गरेको छ । नेपाली काँग्रेसका उम्मेदवार विकास राईले २ हजार २० मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्दि यम बहादुर पोखरेलले १७ सय ३६ मत प्राप्त गरेका छन् । त्यसै

बेलबारी २ को वडाध्यक्षमा कृष्ण गुरुङ विजयी

जेठ ०२, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेकपा एमाले तर्फबाट युवा नेता कृष्ण गुरुङले विजय हाँसिल गरेको छ । नेपाली काँग्रेसका उम्मेदवार मणि चन्द्र थापालाई पछि पार्दै  गुरुङले १५ सय ५८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको प्रतिद्धन्दि थापाले १५ हजार ३९ मत

बेलबारी ११ को वडाध्यक्षमा विक्रम राई अगाडि

जेठ ०१, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं ११ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका विक्रम वान्तवा राईले जित को नजिक रहेको छ । नेपाली काँग्रेसका उम्मेदवार विकास राईले १४ सय ४१ मत प्राप्त गर्दै जित को नजिक पुगेका  छन । उनका प्रतिद्धन्दि यम बहादुर पोखरेलले १ हजार ६४ मत

बेलबारी २ को वडाध्यक्षमा मणि थापा विजयी

जेठ ०१, बेलबारी । बेलबारी नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेले विजयी हासिल गरेको छ । काँग्रेसका वडाध्यक्षका उम्मेदवार मणि सुन्दर थापाले १२ सय ९२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दि नेकपा (एमाले) का कृष्ण बहादुर गुरुङले १२ सय ७८ मत प्राप्त गरेका छन् ।

बेलबारी १ मा नेपाली काँग्रेसका प्यानल विजयी

जेठ १, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं १ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । बेलबारी वडा नम्बर १ का वडाध्यक्ष रहेका मणी बहादुर मगरको प्यानल नै विजयी भएका हुन् । उनले १५ सय ८७ मत प्राप्त गरेका छन् भने उनका  प्रतिद्धन्दि नेकपा एमालेका चक्र बहादुर खुलालले

जसपाले खाता खोल्दै खिजिदेम्बा गापा १ प्यानल सहित बिजय

३१ बैशाख, मोरङ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-१ मा जनता समाजवादी पार्टी (जसपा)को प्यानलै विजयी भएको छ । जसपाका वडाध्यक्ष उम्मेदवार कुमार सुनुवाले ३०४ मत प्राप्त गरि जसपाको पुरै प्यानल सहितको विजयी भएका हुन् ।

कपिलवस्तुमा कांग्रेस उपप्रमुख उम्मेदवारको मृत्यु

२७ बैशाख, काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखको उम्मेदवार रहेकी शुभावति कुर्मीकोे मृत्यु भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति १ बजे मृत्यु भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । कुर्मी महाराजगञ्ज नगरपालिका–२, गैडहवाकी

मतदानको दिन पास बोकेका सवारी साधनमात्र गुडाउन पाइने, पत्रकारलाई कोटा

२६ वैशाख, काठमाडौं। स्थानीय तह निर्वाचनको मतदानको दिन वैशाख ३० गते सवारी अनुमति पत्र बाेकेका गाडीहरुमात्र गुड्न पाउने भएका छन्। पत्रकारहरुले सम्बन्धित सञ्चारमाध्यमका लागि छुट्याइएको कोटाको आधारमा सवारी अनुमति पत्र (पास) पाउने छन्। मतदानको दिन मतदातालाई सवारी साधन प्रयोग गरी ओसारपसार गर्न पाइँदैन ।तर निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट