बेलबारी नगरपालिकाको प्रमुखमा डिपी राई निर्वाचित, उपप्रमुखमा नितु थापा – Satabdi News

बेलबारी नगरपालिकाको प्रमुखमा डिपी राई निर्वाचित, उपप्रमुखमा नितु थापा

जेठ ०६, बेलबारी । बेलबारी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका नेता दिल प्रसाद राई (डिपी) निर्वाचित भएको छ ।

नेपाली काँग्रेसका नेता महेन्द्रप्रसाद सुवेदीलाई ८ सय २ मत ले पछि पार्दै नेकपा एमालेका उम्मेदवार दिलप्रसाद (डिपि) राई विजयी भएका हुन् । राईले १६ हजार ४ सय २२ मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् भने प्रतिद्धन्द्धि काँग्रेसका सुवेदीले १५ हजार ६ सय २० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा नेपाली काँग्रसका बेलबारी नगर उपसभापति समेत रहेका नितु थापा विजयी भएकी छिन् । उपमेयर थापाले १३ हजार ७ सय ३९ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्धन्द्धि एमालेकी तिलाकुमारी न्यौपानेले १३ हजार ६ सय ५ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाको प्रमुखमा डिपी राई निर्वाचित..." A few seconds ago

सम्बन्धित खवर