नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी थुनामै राख्न सवौच्च अदालतको आदेश – Satabdi News

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी थुनामै राख्न सवौच्च अदालतको आदेश

१४ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको छ । बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै थुनामै राख्न आदेश दिएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश नै सर्वाेच्चले सदर गरेको हो । रायमाझी लगायतले सो आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।
अदालतका अनुसार रायमाझीसहित तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा थुनामुक्त नहुने भएका हुन् । भुटार्नी शरणार्थी प्रकरणमा पूर्वसांसद एवं कांग्रेस नेता आङटावा शेर्पा रिहा हुने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपब..." A few seconds ago

सम्बन्धित खवर