![अमेरिकी फोटो पत्रकारले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’](https://i0.wp.com/www.satabdinews.com/wp-content/uploads/2022/11/IMG_20221126_155905.jpg?fit=968%2C653&ssl=1)
अमेरिकी फोटो पत्रकारले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’
१० मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ । ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ ।