अहिलेका दलित समुदायले नै हामीलाई मानिस बनाएका हुन्; ऐन महर – Satabdi News

अहिलेका दलित समुदायले नै हामीलाई मानिस बनाएका हुन्; ऐन महर

जेठ २१, काठमाडौ । २१ जेष्ठ १४ औ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर पश्चिम रुकुम नरसंहार र देशभरि जातिय आधारमा दलितमाथि श्रृङ्खलाबद्ध रुपमा भएको जातिय विभेद विरुद्ध, लोकतान्त्रिक चोकमा, किर्तिपुरमा नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन र अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटिको सयुक्त आयोजना कार्यक्रममा सडकभामा बोल्दै अनेरास्ववियूका केन्द्रिय संयोजक ऐन महरले मानिसका कुनै जात नहुने र पुरुष र नारी कुनै जाति नभएर त्यो लिंग भएको बताएका थिए ।

दलित समुदायले हतियार, औजार, लताकपडा, देखि जीवन जीउने सम्पूर्ण बस्तुहरुको निमार्णले नै हामी मानव बन्न मदत पुगेको उल्लेख गर्दै दलित समुदायले मानव सभ्यता निर्माण ठुलो योगदान रहेको उल्लेख गरे । आज हामीले जुत्ताका मालिकलाई सम्मान गर्छु तर त्यसको निर्माण गर्ने ब्यक्तिलाई हेप्छौ त्यो एकदमै लाझको कुरा रहेको बताए । त्यस्तै विधार्थी नेता सुरेन्द्र बस्नेतले समाजमा रहेको जयस्थित र जंग बहादुरले अपनाएका मनुबादी संरचनामा परिवर्तन गर्नु पर्ने उल्लेख गरेका थिए । सभामा नेकपा नगर कमिटी अध्यक्ष विकास महर्जन लगायत मोति विक, नारायण घर्ति, माधव पन्त, सुनिता बरालका विद्यार्थी नेताहरुले समाज रुपान्तरणका निम्ति सबै आफ्नो ठाउ बाट लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम दलितको मुद्दा दलितको मात्र नभएर सम्पूर्ण नेपालीको मुद्दा भएकोले गर्दा सामाजिक रुपान्तरण र समानताका निम्ति सम्पूर्ण समुदा, युवा, लेखक लगायत व्यक्तिहरु आफ्नो ठाउबाट लाग्नु पर्ने कुरा सडक सभाका संयोजक तथा नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन केन्द्रिय सह संयोजक रवि सेन्चुरीले वताउनु भयो भने समातामुलक समाज निमार्णको अभियान जारी रहेको अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटिको केन्द्रिय उपाध्यक्ष तथा सडक सभाका संचालक रामलाल राजवशीले जनाए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अहिलेका दलित समुदायले नै हामीलाई मानिस बनाएका ह..." A few seconds ago

सम्बन्धित खवर