नेपाल मेडिकल एसोसिएसन (NMA) को निर्वाचनमा सदस्य पदका डा. निराजन तामाङको उम्मेदवार घोषणा – Satabdi News

नेपाल मेडिकल एसोसिएसन (NMA) को निर्वाचनमा सदस्य पदका डा. निराजन तामाङको उम्मेदवार घोषणा

पुस २४, काठमाडौ । “महामारी, विपद् र आन्दोलन – तीनै मोर्चामा काम गरेर प्रमाणित नेतृत्व” चिकित्सा पेशा केवल क्लिनिकल अभ्यासमा सीमित हुँदैन; यो समाज, संकट र मानवतासँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवार पेशा हो। यही मूल्य र दृष्टिकोणलाई व्यवहारमा उतार्दै आएका डा. निराजन तामाङ टिम मगंलबाट अहिले नेपाल मेडिकल एसोसिएसन (NMA) को निर्वाचनमा सदस्य पदका लागि उम्मेदवार बनेका छन्।

अस्पतालका चार पर्खालभित्र सीमित नबस्ने सोचका साथ उनले स्वास्थ्य सेवालाई समुदायसम्म पुर्‍याउने काम निरन्तर गर्दै आएका छन्। Tamang Doctors Society Nepal (TDS Nepal) का संस्थापक तथा नेतृत्वकर्ताका रूपमा सन् 2021 देखि ग्रामीण तथा अर्ध–ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क परामर्श, औषधि वितरण, तथा आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि उपचार सहयोग कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यी पहलहरूले स्वास्थ्य सेवा पहुँचबाट वञ्चित समुदायका लागि प्रत्यक्ष राहत मात्र होइन, विश्वास पनि निर्माण गरेका छन्।

COVID-19 महामारी सम्पूर्ण चिकित्सा समुदायका लागि चुनौतीपूर्ण समय थियो। डर, अनिश्चितता र जोखिम उच्च रहेको अवस्थामा पनि उनले आवश्यक सावधानी अपनाउँदै स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरी स्वास्थ्य शिविर सञ्चालन गरे, परामर्श र औषधि लिएर जनताको ढोकासम्म पुगे। व्यक्तिगत सुरक्षाभन्दा पनि पेशागत कर्तव्य, सामाजिक उत्तरदायित्व र मानवताको मूल्यलाई प्राथमिकता दिने निर्णयको यो उदाहरण बनेको छ।

यसैगरी, मेलम्ची, काभ्रेपलाञ्चोक तथा आसपासका विभिन्न स्थानहरूमा आएको बाढी र पहिरोको विनाशकारी अवस्थामा पनि उनले आपतकालीन बाढी–पहिरो पीडित राहत कार्यक्रम सञ्चालन गर्दै स्वास्थ्य शिविर, प्राथमिक उपचार, औषधि वितरण, परामर्श सेवा तथा आवश्यक समन्वयमार्फत प्रभावित समुदायलाई तत्काल राहत पुर्‍याए। संकटको घडीमा भूगोल, पहुँच वा पहिचानभन्दा माथि उठेर पीडितको छेउमा उभिनु नै चिकित्सकको वास्तविक दायित्व हो भन्ने कुरा यी कार्यहरूले स्पष्ट गर्छन्।

स्वास्थ्य सेवा केवल औषधि र उपचारमा मात्र सीमित हुँदैन; धेरै बिरामीका लागि उपचारको सबैभन्दा ठूलो चुनौती आर्थिक अवस्था पनि हुन्छ भन्ने यथार्थलाई आत्मसात गर्दै उनले चिकित्सा fraternity भित्रका सहकर्मी चिकित्सकहरूदेखि लिएर आम दुःखी–पीडित जनतासम्म उपचारका क्रममा आर्थिक सहयोग गर्दै आएका छन्। आकस्मिक अवस्था, गम्भीर रोग वा दीर्घकालीन उपचार आवश्यक परेका बिरामीहरूका लागि व्यक्तिगत पहल, सहकर्मी समन्वय तथा संस्थागत माध्यमबाट उपचार खर्च जुटाउन सहयोग गर्नु उनको निरन्तर अभ्यास हो।

उनको योगदान समुदायमा मात्र सीमित छैन । चिकित्सा समुदायभित्र पनि उनले सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्दै आएका छन्। युवा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सेवा–मुखी सोच, पेशागत इमान्दारिता र सामाजिक उत्तरदायित्वका साथ अघि बढ्न प्रेरित गर्नु, अनुभव र सिकाइ साझा गर्नु, तथा सहकार्य र एकताको संस्कार विकास गर्नु उनका निरन्तर प्रयास हुन्।

यसका साथै, Gen Z आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि उपचार, प्राथमिक स्वास्थ्य सेवा, परामर्श तथा आवश्यक समन्वय गर्नुका साथै आपतकालीन रक्तदान कार्यक्रम सञ्चालन गरी घाइतेहरूलाई समयमै रगत उपलब्ध गराउने व्यवस्था समेत गरिएको थियो। यसले स्वास्थ्य सेवा कुनै विचार, आन्दोलन वा पहिचानभन्दा माथि रहने मानवीय दायित्व हो भन्ने स्पष्ट सन्देश दिएको छ । स्पष्ट दृष्टिकोण, निरन्तर प्रतिबद्धता र परिणाममुखी सक्रियताका कारण उनले धेरै युवा चिकित्सकहरूको विश्वास जित्न सफल भएका छन्। NMA जस्तो साझा, जिम्मेवार र प्रभावशाली संस्थाका लागि यस्तै नेतृत्व आवश्यक छ जो केवल अधिकारको कुरा गर्ने होइन, कर्तव्य, उत्तरदायित्व र सामाजिक भूमिकालाई पनि समान महत्व दिन सकोस्।
यो निर्वाचन कुनै एक व्यक्तिको जितका लागि मात्र होइन—
✔️ चिकित्सकको पेशागत गरिमा र सुरक्षा मजबुत बनाउन
✔️ युवा चिकित्सकका वास्तविक समस्या र आवाज प्रभावकारी रूपमा उठाउन
✔️ सेवा–आधारित, पारदर्शी र उत्तरदायी NMA निर्माण गर्न
✔️ चिकित्सा समुदायको एकता र विश्वास बलियो बनाउन
त्यसैले, सेवा, संघर्ष र सामाजिक सक्रियताबाट प्रमाणित डा. निराजन तामाङ लाई नेपाल मेडिकल एसोसिएसनको निर्वाचनमा जिताउन सम्पूर्ण सहकर्मी चिकित्सकहरूलाई एकजुट भई साथ दिन आह्वान गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल मेडिकल एसोसिएसन (NMA) को निर्वाचनमा सदस्य..." A few seconds ago

सम्बन्धित खवर