मुक्कलुङ्ग आन्दोलन मा पहिचावादि विद्यार्थी GnZ नेतृत्वको ईन्ट्रि – Satabdi News

मुक्कलुङ्ग आन्दोलन मा पहिचावादि विद्यार्थी GnZ नेतृत्वको ईन्ट्रि

माघ २१, काठमाडौ । समाचारदाता :-साैगात आले 
चन्द्र ढकाल नेतृत्वको आईएमई कम्पनी ले पाथीभरा केबल कार नेपाल सरकारको सहयोगमा निमार्ण गर्ने उदेश्य सहित गुरु योजना बनाई अघिल्लो गएको नोभेम्बर महिनामा उक्त आयोजना शिलान्यास गरिएसँगै ‘मुन्धुम’ संस्कृतिमाथि अतिक्रमण गर्न खोजिएको र स्थानीय प्राकृतिक स्रोतसाधनलाई व्यापारिक स्वार्थपूर्तिका लागि दोहन गर्न खोजिएको भन्दै प्रकृति प्रेमी रैथाने भुमिपुत्रहरुले आफ्नो संस्कृति /आस्था को केन्द्र लाई संरक्षण का निम्ति आन्दोलन थालेका थिए ।

पाथीभारा क्षेत्रमा केबलकार मार्ग निर्माण गर्ने योजना सार्वजनिक गरिएसँगै त्यहाँ विभिन्न समूहहरूले नो केबलकार आन्दोलन निरन्तर चलाइरहेको छ।

यहीँ क्रममा यहीँ माघ महिना मुक्कलुङ आन्दोलनले फेरि व्यापकता पाएको छ।यस आन्दोलनमा आदिवासी संस्कृति वादी gnz .विद्यार्थी हरुको सक्रियता हवात्तै बढेको छ। खिबेखिङ नामक आन्दोलनले यहीँ माघ १६गते देखि माघ १९गतेसम्म जनप्रदर्शन ,घागो टाग्ने ,हाक्पारे र कोणसभा ,घाईते योद्धा हरुलाई सम्मान गरेको थियोे । कार्यक्रम पछिल्लो यस कार्यक्रम मा जेन्जी अगुवा तथा पहिचानवादी आन्दोलन को नेतृत्व गरिरहेका २५बर्ष भन्दा मुनिका १८बर्ष भन्दा माथिका आदिवासी विद्यार्थी नेतृत्व हरुको ठूलो मात्रामा सहभागीता जनाएको थियोे ।

उक्त कार्यक्रममा लिम्बुवान,तथा अन्य समुदायका प्रमुख नेताहरू ठूलो मात्रामा सहभागी थियोे ।शान्ति पुर्ण रायार्‍ली पैदल यात्रा ,भित्ते लेखन गरि शाङकेती/शान्तिपुर्ण आन्दोलन गरेको थियोे ।यस आन्दोलनमा राष्ट्रिय कलाकार झुमा लिम्बू तथा विभिन्न भुगोलका अध्ययन अनुसन्धान कर्ता प्रत्यक्ष रुपमा सहभागीता थियोे। यश आन्दोलनको नेतृत्व तथा प्रमुख घटक मुक्कलुम षङघर्ष समिति लगायत अन्य थुपै घटहरुले सामुहिक नेतृत्व गरि कार्यक्रम सफल पारेको हो।


अन्त्यमा :-कार्यक्रममा समापन गरेर सहभागीहरु घर फर्किए पछि शान्तिपुर्ण शाङकेती कार्यक्रममा लेखिएको भित्ते आट (लेख) फुङलिङ्ग नगर पालिकाका नगर प्रहरीले सिविल पोशाकमा आई केरमेट गरेका थिए ।उक्त गतिविधिले आगामी दिनहरूमा आन्दोलन कारी र सरकार बिच थप तिक्तता बढने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मुक्कलुङ्ग आन्दोलन मा पहिचावादि विद्यार्थी GnZ ..." A few seconds ago

सम्बन्धित खवर