रजत बर्षको अबसरमा लालीगुरास तथा ऋण संस्थाले रक्तदान गरेर मनाए – Satabdi News

रजत बर्षको अबसरमा लालीगुरास तथा ऋण संस्थाले रक्तदान गरेर मनाए

असार २२, बेलबारी । लालीगुरास बचत तथा ऋण सहकारी संस्थाको रजत जयन्तीकोो सुअवसरमा बेलाबारी ३ स्थित सेन्चुरी बैक अगाडी रक्तदान कार्यक्रम सम्पन्न गरेेको  छ । संस्थाले हरेक बर्ष सहकारी दिवसको दिन चैत २० गते नियमित रुपमा गर्दै आईरहेको रक्तदान कार्यक्रम लकडाउनको कारण गर्न नसकेकोले यस रजत बर्षको दिन आयोजना गरिएको कुरा संस्थाको अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए ।

संस्थाको अध्यक्ष दुर्गा प्रसाद गौतम

रक्तदान कार्यक्रम बिहान ८ बजे देखी ११ बजे सम्म गरिने रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान दिन सक्न्ने अनुमान गरिएको बताए । संकलन गरिएको सम्पुर्ण रगतहरु बिराटनगरको ब्लड बैकमा दिने कुरा बताए ।

संस्थाको आगमी कार्यक्रम भनेको नियमित रुपमा प्रकाशन गर्दै आएको “मुख-पत्र” रहेको छ । “मुख पत्र” प्रकाशनमा ग्राहक, शेयरधनी, संस्थाका शुभचिन्तकहरुको कुनै पनि लेख, रचना, बिचार तथा साहित्य भए प्रकाशनको लागी संस्थालाई दिन सक्ने कुरा लालीगुरास बचत तथा ऋण सहकारी संस्था बेलबारीका अध्यक्ष दुर्गा प्रसाद गौतमले शताब्दी न्युजलाई बताए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रजत बर्षको अबसरमा लालीगुरास तथा ऋण संस्थाले रक्..." A few seconds ago

सम्बन्धित खवर