बेलबारी १ मा नेपाली काँग्रेसका प्यानल विजयी – Satabdi News

बेलबारी १ मा नेपाली काँग्रेसका प्यानल विजयी

जेठ १, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं १ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।

बेलबारी वडा नम्बर १ का वडाध्यक्ष रहेका मणी बहादुर मगरको प्यानल नै विजयी भएका हुन् । उनले १५ सय ८७ मत प्राप्त गरेका छन् भने उनका  प्रतिद्धन्दि नेकपा एमालेका चक्र बहादुर खुलालले १३ सय ८७ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा बाबुराम खड्का, चन्द्र प्रकाश बस्नेत, र दलित सदस्यमा हेमादेवी विश्वकर्मा, महिला सदस्यमा सञ्चमाया लिम्बु निर्वाचित भएका हुन् । मतगणनामा जम्मा प्रमुख र उपप्रमुख सहित ३५३१ मत गणना भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी १ मा नेपाली काँग्रेसका प्यानल विजयी" A few seconds ago

सम्बन्धित खवर