२४ भाद्र, काठमाडौं । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरु पक्राउ परेका थिए । जसमा भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ । धरौटी बुझाएपछि मात्र उनीहरु छुट्ने छन् ।