पहिचान नै राज्य र राष्ट्र निर्माणको अन्तिम विकल्प हो: अधिवक्ता बिपिन राई – Satabdi News

पहिचान नै राज्य र राष्ट्र निर्माणको अन्तिम विकल्प हो: अधिवक्ता बिपिन राई

अधिवक्ता बिपिन राई

                       
भनिन्छ नि “अल्प ज्ञान भयंकर…” जब किरात जाति होईन, सभ्यता, भुगोल, संस्कृती, ईतिहास हो भनि ईतिहास पल्टाउदा हिन्दु धर्मको प्राचिन ग्रन्थहरुमा समेत चारवेद, अठार पुराण, महाभारत रामायण भन्दा धेरै पहिले नै हिमवत् खण्ड वरीपरी बिकास भएको सभ्यता संस्कृति उल्येख संगै किरात कालिन राज्य शत्ता, विगतका घटनाहरुले किरात काल नेपालको ईतिहासको एक कालखण्ड हो । केही समय अघि सम्म वल्लो,पल्लो, माझ किरात भनि प्रष्टाईरहेको बेला किरात नाम पहिचानले जातीय द्वन्द सृजना हुने, राष्ट्रियता र क्षेत्रीय अखण्डतामा आँच पुग्ने देख्नु नै संकुचित, एकात्मकबादी सोच हो। त्यही सोचले उनिहरुमा समानताको बिषय सधै अनकनाहट हुन्छ भने, बहुराष्ट्र राज्य लाई स्विकार गर्न सक्ने क्षमता नै परम्परावादले छेक्छ। अझ गज्जब त ईतिहास सधै एक पक्षिय भएपनि हाम्रो सामाजिक बनोटले गर्दा सधै नलेखिएको ईतिहास देखिरह्यो, प्रकट भईनै रहनेछ । त्यसैले पनि बुझ्न जरुरी छ कि पहिचानको सवाल विरुद्व राष्ट्रभक्त हु भन्ने अभिमानी मानसिकता बोकेको असभ्य सामुदायिक सोचले र स्वार्थ प्रयोगमा नाफा नोक्सान हिसाब मिलाउन भौतारीरहनेले कहिल्यै माटोको माया र पहिचान बुझ्दैन । जबकि नश्लियत सोच बाट प्रभावित भई पश्चगामी बिचार लिएर हिड्नेहरुले आफ्नो अस्तित्व जस्तै अरुको अस्तित्वको पनि सम्मान गर्न जान्नु पर्छ । आफ्नो जस्तै अरुको पनी पहिचान परिचयको सॅगालो छ भन्ने उस्को मनले ज्ञानेन्द्रिय बाट प्राप्त अनुभव बोध गर्ने आट बोक्न सक्नु पर्छ। चित्त सानो बनाएर हुदैन सबैको आत्मा हो बुझ्न सक्नु पर्छ । पहिचान बाट जातीयद्वन्द्व सुरु हुन्छ भनि भ्रम, उत्तेजीत, साँघुरो बिचार बोक्नेहरुले यो पनि सोच्न, स्विकार्न सक्नु पर्छ जहा: नरहरीनाथ, जोशीपुर, मस्टा, महाकुलुङ, आठराई त्रिवेनी, खोटेहाङ, मधेश जस्ता पहिचान बाटै नाम राखिएको छ । जस्को कारण अनेकतामा एकताको साझा जग थालनी भएको मान्न सक्नुपर्छ। हैनभने मौकालाई दुष्प्रयोग गरी विगतको ईतिहास, विरासत लाई मेटाउनु, थाकथलो विर्सनु सक्नेले आँखालाई नै भ्रम पार्नसक्ने गरी कुटील बाउँठो आवरण भित्रको बतासे चरित्र, राष्ट्र र राज्य प्रति सधै नै घातक हुनेगर्छ ।

पहिचानको कुरा उठ्दा वा उठाउदा माथिल्लो शासक वर्गहरुले फोस्रो तर्कहीन तवरले विखण्डनवादी भएको आरोप लगाउने र प्रगतीशिल पंत्तिहरु समेत संवेदनाशुन्य भएको देखिन्छ । त्यसैले कहिल्ये काहि पहिचानको नाम व्यावहारिकता र अव्यावहारिकता जस्तो लाग्ला ! तर यो त समानता र स्वाभिमान न्यायको आभाष हो, पहिचान आत्मसम्मान हो स्वाभिमान हो , प्राकृतिक अधिकार, न्याय हो । अरुको अधिकार बाट कटौती हुने विषय नै हैन, देशका सिमा भित्रको सबै पक्षहरुको समान हो, राज्य शरीर हो पहिचान आत्मा यथार्थः सत्य हो । त्यसैले त किरात सभ्यता संस्कृती अरुको हो भनेर भन्नु भन्दा पनि हाम्रो हो, त्यो क्षेत्रमा बसोबास गर्ने हामी सबैको हो, किराती माटोको, भुगोलको हो भन्न सक्नु र बुझ्न सक्नुपर्छ। हाम्रो पहिचानको जरा नै भुगोल, भाषा, संस्कृती बिचको मिश्रित तत्त्वले बनेकोछ, भने राज्यमा सबैको अपनत्व हुनुपर्छ जस्ले गर्दा दिगोशान्ति स्थायित्व हुने, सबै अधिकारहरु अक्षुण्ण रहेको सुशासन महसुस गराउने, राष्ट्र समृद्वि तिर डोर्याउने, सम्मान अभिवृद्वि संगै राज्य बाट उपेक्षामा परेका समुदायहरुलाई आफ्नो राज्य र शासन व्यबस्था प्रति अपनत्व कायम गर्न सघाउ पुर्याउनुका साथै द्वन्दको विजारोपण रोक्न मद्दत पुर्याउने र राष्ट्रियता बलियो बनाउने गर्छ। राष्ट्रियता बलियो हुनु राज्य (देश) मजबुद्द बन्ने बाटो तिर जानुहो, बिकासको गती लिने मार्ग सुनिश्चित हुनु हो, राष्ट्र,राज्य निर्माण हुनु हो । त्यसैलेत संस्कृती, ईतिहास, सभ्यतालाई मेटेर हैन सबैले एक अर्काको सम्मान जगेर्ना गरेर, अपहेलीत र विभेद्वको नीतिले हैन सहअस्तित्व सहकार्यको आधार कायम राखेर अघि बढ्नु नै आजको नेपाल जस्तो बहुभाषिक, बहुधार्मिक, बहुजातिय र बहुपहिचान भएको देशको राज्य निर्माण र रास्ट्र निर्माण को अन्तिम बिकल्प हो।

राष्ट्र र राज्यको एउटै सीमा हुन्न, राज्य एक राजनैतिक इकाई मुर्त संरचना हो, भने राष्ट्र सामाजिक तथा सांस्कृतिक साझा इकाई हो तर राज्यमा एकै किसिमको राष्ट्र एकैबनाउनु खोज्नु सामन्त एकाधिकार कायम राज्यसत्ताको व्यबहार हो। केही समय अघि त राज्य स्वंयम एक भाषा एक भेषको मिचाहा प्रवृतीको नीति बोकेर लागेको थियो जस्को अझै सम्म प्रभाव परिरहेको देखिन्छ जस्को कारण ठुलै रैथानेवासीको बिपक्षमा नै राज्यशत्ति लागीपरेको छ। वास्तविक सत्यता आगन्तुक नाम बोकेर नामकरणमा लागि पर्दा, राज्यसत्ता स्वंयमले आदिवासीको पहिचान, इतिहास, संस्कृती, जीवन पद्वति, पुर्ख्यौली ज्ञान, अवस्था ,परम्परागत भूमि (जमीन) संग नै जोडिएको हुन्छ, जहाँ संगै विगत वर्तमान र भविष्य पनि हुन्छ भनि कहिल्यै नसोच्नु हो ।

एउटा देशको पहिचान भनेकै जातिय, भाषिक सांस्कृतिक, धार्मिक, ईतिहास तथा भौगोलिक कुरा हो र ति क्षेत्र संग कहि न कँही अतीत र वर्तमान जोडिएको हुन्छ । तिनीहरुको सम्मान संरक्षण प्रबद्वन सहकार्य गर्नु राज्य स्वंयमको उत्तरदायित्व र नागरिकको कर्तव्य हो । तर यहाँ राज्य संरक्षक भएर सहकार्यमा आउनको सट्टा समाजको विविधतालाई एकल जातीय संरचना भित्र समावेश गरी शासन निर्माण गरी लागी परेकै कारण उत्पीडित  समुदाय वर्गले विभेदको सिकार भोगिरहेको लामो ईतिहास अझैपनि चलिरहेको पाईन्छ । जस्को प्रभाव स्थानिय पहिचान मेट्न वि.स. २०१२ मा “चोमोलुङ्मा” लाई सगरमाथा नामकरण गर्नुले पनि त्यहाको रैथाने जाती, भाषा माथिको आक्रमण हो, जबकि त्यहाको पुरानो बासिन्दाको लागी “सगरमाथा” र Mt.Everest” नाममा न त मौलिकता देखिन्छ, न त अपनत्व नै भेटिन्छ, त्यो त केबल स्थानीय नाम मेट्न आएको हत्यारा भाषा भएन र ? त्यस्तै राज्य पुन: संरचनाको नाममा स्थानिय तहको पहिचान मेट्याउने गरी ब्यापक राजनिती दबाव बाट नामकरण गर्नु जस्तै “बाराहापोखरी” बाट “वराह पोखरी” बनाउनु , सुकेटार विमानस्थलको नाम “रवीन्द्र अधिकारी विमानस्थल” बनाउने अभ्यास गर्नु यस्ता थुप्रै प्रयास अनुकरणले कयौँ स्थानिय तहहरुको ईतिहास, विरासत, पहिचान, ज्ञान, अर्थ मौलिकता माथिको खुलेआम अतिक्रमण प्रहार गरीरहेको पुष्टि हुन्छ। त्यसरी नै अहिले लगभग कुनै पात्र कौषिक ऋषिको नाम बाट पाएको कोसी नामले त भाषिक बदनियत साथ, हावापानी होस वा पर्यावरण ,भुगोल सभ्यता संग आदिम समयबाट नै सम्बन्ध राखेको किरात संस्कृती, ईतिहास, भुगोल पहिचानको समेत संरक्षण गर्ने हैन उल्टै मेटाउने सकाउने काम गरेको छ । आफ्नोपन दिने हैन, झन राज्य बाट टाढा बनाउने काम गर्दैछ ।
जव राज्य कसै प्रति विभेद हैन कम्जोर पिल्सियका, अल्पसंख्यक समुदाय, निमुखाहरु सबैको अभिभावक बन्न सक्नु पर्छ । राज्यको चित्रण सम्झन्दा आफ्नो विरुद्व लागेको आभाष हैन म, हामी पनि छौ भन्ने सबैले महशुस गर्नु पाउनु पर्छ । अझ रोचक पक्ष त नागरीकहरुमा चेतनाको जन्म संगै बिकास भईरहेको अवस्थामा पनि सीमित निर्णयकर्ताको मुठीभरको राज्यसत्ता, शत्तिको आडमा अधिकार खोस्ने, कुण्ठित गर्नेहरुको समुह “कोशी” र अधिकारविहीनहरुका अधिकारको लागी निरन्तर सङ्घर्ष चल्दै आएको पक्षहरु बिच किराँत पहिचान सहितको नामकरणमा देखिनु यतिबेला ईतिहासकै गम्भिरतम् परिवर्तनको मोडमा उभिएको छ । त्यसैले समय संगै, यो पहिचान प्राप्ति नभईन्जेल किराँतको मात्र हैन माटोको लागी अस्तित्व , अधिकार, आत्मगौरबको लागी स्वतस्फुर्त चलिरहने पहिचानको लडाई हो । जबकि आफ्नो भुमीको नामकरणमा पहिलो बासिन्दा भएको नाताले प्रदेश नामकरण गर्ने अग्रगामी अधिकार समेत त्यहाको बासिन्दाको हुन्छ त्यो कुरा राज्यसत्ताले स्विकार्नु पर्छ यथार्त रूपमा कोशी प्रदेशको नामले किरात प्रदेश को बिकल्प दिन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पहिचान नै राज्य र राष्ट्र निर्माणको अन्तिम विकल..." A few seconds ago

सम्बन्धित खवर