उपेन्द्र सुब्बाको मनसरा: एउटा पूर्ण फिल्मको समिक्षा डा. बालकृष्ण माबुहाङ – Satabdi News

उपेन्द्र सुब्बाको मनसरा: एउटा पूर्ण फिल्मको समिक्षा डा. बालकृष्ण माबुहाङ

डा. बालकृष्ण माबुहाङडा. बालकृष्ण माबुहाङ । कवि उपेन्द्र आङ्देम्बे (सुब्बा) कविता लेख्नुमा माहिर थिए। लघु कथा ‘लाटो पहाड’ ले प्रसिद्धि पाए। फिचर फिल्म कबड्डीको झाँक्रीबाको भूमिकाबाट चर्चित भए। उनको निर्देशनमा बनेको पहिलो फिल्म जारी भुसुक्कै चल्यो। मनसरा उनको दोस्रो फिल्म हो। आज हेरियो। एउठा सामाजिक फिचर फिल्मको पूर्ण प्रस्तुती रहेछ। एक वाक्यमा भन्दा: “एउटा पूर्ण निर्देशकले बनाएको पूर्ण चलचित्र हो!”

सुब्बाको पहिलो फिल्म जारीबाट असन्तुष्ट दर्शक हुँ म। अरू थाहा छैन, तर याकथुङ (लिम्बू) समाज र संस्कृति प्रधान फिल्म नेपालमा उल्लेखनीय संख्यामा बन्छन। तिनको उद्घाटन नवीन सुब्बाको नुमाफुङ्ले गरेको थियो। सँगसँगै प्राय सबै त्यसैको जेरक्सकपी हुन भन्दा हुन्छ। जारीमा उपेन्द्रले सिफ्ट गर्ला भन्ने मेरो आशा थियो, झनै उल्टो पाएको थिएँ, र असन्तुष्ट बनेको थिएँ। तर मनसरामा त्यो असन्तुष्टि धेरै हद सम्म हटेको अनुभव भयो।

“मन्सरा” मगर संस्कृतिमा महिलाको नाउँबाट परिचित शब्द, मगर संस्कृति प्रधान होला भन्ने लागेको थियो। तर याकथुङ (लिम्बू) संस्कृति प्रधान नै रहेछ। संस्कृति प्रधान बनाउँदा त्यो संस्कृति झल्काउने मात्र नभई त्यो संस्कृतिका प्रचलित आदर्शहरू पस्कन सक्नु पर्छ। त्यो सकिन्न भने पनि संस्कृतिका मूल्य-मान्यताहरू व्याख्या गर्न प्रयत्न गर्न सक्नु पर्छ। जसका कारण त्यो संस्कृति अरूले पनि बुझुन, स्वयंले त आफ्ना सांस्कृतिक निधिहरू कति महत्वका छन् झनै बुझ्न सकुन । त्यो अर्थमा मनसरा अब्बल छ, जहाँ लिम्बू संस्कृति व्याख्या गर्न प्रयत्न गरिएको छ।

विचार प्रस्तुतिमा केही बेमेलहरू छन, जुन गाह्रो काम पनि हो। कथामा अलि विमर्श गरेको भए राम्रो हुन्थ्यो । मुख्य दुइटा पात्र दधिराम (प्रविण खतिवडा) र मिरुना केन्द्रित फिल्ममा २ वटा संस्कृति: हिन्दु संस्कृतिको पितृसत्तात्मक विचार र जनजाति संस्कृतिको प्राकृत मूल्य-मान्यता प्रधान विचारहरू बीचको अन्तरक्रिया, द्वन्द्व र विमर्श छ।

बीच बीचमा पारिवारिक झगडा देखि, प्रेममा सबैकुरा त्याग्ने सम्मका भूमिकाहरू छन। जुन अलिक अस्वभाविक जस्तो लाग्छ। अन्तर जातीय अबुझताहरू (मिसअन्डरस्ट्याण्डीङ) छन्।

संस्कृति प्रधान फिल्महरू जन्मनु देखि मर्नु सम्मको कथा बुनेर अधिकांश बनेका हुन्छन। ती फिचर फिल्म भन्दा पनि डकुमेन्ट्री जस्तो लाग्थ्यो। मनसराले त्यो फरम्याट छोडेको छ। विषय केन्द्रित बन्न प्रयत्न गरेको छ। संगीत, ध्वनी, द्वन्द, सबै समसमायिक छ। बधाई छ, उत्पादक, निर्देशक र टिमलाई। सबै दर्शकलाई र विशेष त याकथुङ (लिम्बू) जनजातिका ले हेर्न छुटाउन नहुने फिल्म मनसरा!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उपेन्द्र सुब्बाको मनसरा: एउटा पूर्ण फिल्मको समि..." A few seconds ago

सम्बन्धित खवर