फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित – Satabdi News

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित

१४ बैशाख, काठमाडौं । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् ।

जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।

सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मको लेखन तथा निर्देशन सरोज पौडेल हुन् ।

निर्माण पक्षले यस अघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । जसमा फिल्मलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित सार्वजनिक गरिएको मोसन पोस्टरबाट मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ । फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

यो फिल्मले एक गहन विषयलाई उठान गर्न लागेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सप..." A few seconds ago

सम्बन्धित खवर