११ मंसिर, मोरङ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम अनुसार सुनसरी निर्वाचन क्षेत्र १ मा एमाले जसपा साझा उम्मेदवार अशोक राईले अग्रता लिएको छ ।
लगातार राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टिले अग्रता लिइरहेको अवस्थामा बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को मतगणना सकिदा अशोक राईले अग्रता लिएको हो । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अनुसार सुनसरी १ प्रतिनिधि सभा ६६०२५ मत गन्तिगरिदा हसिया हथौड़ा १०७८४ मत प्राप्त गरेको छ । त्यसैगरी छाता १३८०१ मत र घण्टि १३७९७ मत प्राप्त गरेको छ । छाता चिन्हले घण्टीलाई
४ मतले पछि पारेको हो । अव भने गन्न बाँकि १२९१८ मत रहेका छ । अहिले बराहक्षेत्र वडा नम्बर ३ सकिएको छ भने अव ४ को गणना शुरु भएको छ ।