पहिचानबादी अशोक राईको संसद प्रबेश – Satabdi News

पहिचानबादी अशोक राईको संसद प्रबेश

१२ मंसिर धरान । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोक कुमार राई सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर संसद प्रबेश गरेका छ्न ।

सोमबार (आज) बिहान ५:४० मा सम्पन्न मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन (गोमा) तामाङलाई पराजित गर्दै जसपा उम्मेदवार राई विजयी भएका हुन् ।

जसपा उम्मेदवार अशोक राईले १७ हजार ५९ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेकी हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन सुनसरी क्षेत्र नं. १ को अन्तिम मतपरिणाम अनुसार रास्वपा उम्मेदवारलाई ४५३ मतान्तरले पराजित गर्दै जसपा उम्मेदवार राई विजयी भएक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पहिचानबादी अशोक राईको संसद प्रबेश" A few seconds ago

सम्बन्धित खवर