कपिलवस्तुमा कांग्रेस उपप्रमुख उम्मेदवारको मृत्यु – Satabdi News

कपिलवस्तुमा कांग्रेस उपप्रमुख उम्मेदवारको मृत्यु

२७ बैशाख, काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखको उम्मेदवार रहेकी शुभावति कुर्मीकोे मृत्यु भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति १ बजे मृत्यु भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । कुर्मी महाराजगञ्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन् ।

उम्मेदवारको निधन भएपछि महाराजगञ्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए । अब निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि मात्र चुनावका प्रक्रिया अघि बढ्ने उनले बताए । कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कपिलवस्तुमा कांग्रेस उपप्रमुख उम्मेदवारको मृत्यु" A few seconds ago

सम्बन्धित खवर