शाओमीको रेड्मी १० नेपाली बजारमा सार्वजनिक

१६ जेठ,काठमाडौं | शाओमीले नेपाली बजारमा रेड्मी १० सार्वजनिक गरेको छ। स्मार्टफोनको बजारमा हुने चुनौतिलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेड्मी १० सार्वजनिक गरेको हो। नयाँ फोन सार्वजनिक गर्दै शाओमी नेपालका महाप्रबन्धक अमित कुमार पंडाले भने, 'हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हो। जसले गर्दा

बालेन शाह- काठमाडौंलाई देशकै उत्कृष्ट सहर बनाउँछु

१५ जेठ, काठमाडौं | काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) शाहले काठमाडौं महानगरपालिकालाई देशकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्ने बताएका छन्। शुक्रबार मेयरमा निर्वाचित भएको औपचारिक घोषणापछि राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यसका लागि आफ्नो सम्पूर्ण क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्ने बताए। यो पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक म

कर्मचारीको तलब कति बढ्यो?

१५ जेठ काठमाण्डाै | सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ । महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।

तारा एयरको जहाज दुर्घटनाग्रस्त

१५ जेठ, काठमाडौं | पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ ।चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा रहेको बताइएको छ । यस्तै, यात्रुहरूमा प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका

कबड्डी-४ पाइरेसीको सिकार

१५ जेठ,काठमाडौं । नेपाली सिने जगतमा दर्शकले धेरै रुचाएको चलचित्र सिरिज हो, कबड्डी । रामबाबु गरुङ निर्देशिन कबड्डी सिरिजको कबड्डी-४ शुक्रबार नेपाली हलहरूमा रिलिज भयो । अन्य सिरिजजस्तै यो सिरिजले पनि विभिन्न सिनेमा घरमा हाउसफुल शो पायो । नेपाली सिनेमामा पहिलो दिन नै सबैभन्दा बढी आम्दानी गर्ने फिल्मसमेत कबड्डी-४ बनेको

टिमोर लेस्टेको यु–२३ टोली विरुद्ध नेपाल बराबरीमा

१५ जेठ, काठमाडौं । एएफसी एसियन कप छनौटको तयारीका लागि कतार पुगेको नेपाली पुरुष फुटबल टोलीले शनिबार पहिलो मैत्रीपूर्ण खेलमा हारबाट जोगिएको छ । दोहा स्थित ग्राण्ड हमाद स्टेडियममा भएको खेलमा टिमोर लेस्टेको यु–२३ टोली विरुद्ध नेपालले २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफ मै दुई गोल खाएको नेपालले

फिल्म फ्लप भएपछि पारिश्रमिक घटाए अक्षय कुमारले

१४ जेठ, काठमाडौं | अभिनेता अक्षय कुमार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा पर्छन् । उनी एक फिल्मबाट झण्डै सयदेखि ११० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन् । तर, अहिले भने उनले आफ्नो पारिश्रमिकको दर घटाएका छन् । उनले पारिश्रमिक घटाउने कारण हो—‘बच्चन पाण्डे’को असफलता । यो फिल्म असफल भएपछि अभिनेताले

नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेविरुद्ध खेल्दै, यस्तो छ लाईभ हेर्ने तरिका

१४ जेठ, काठमाडौं | एसियन कप छनोटको अघि आज नेपाली टिमले कतारमा आफ्नो पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेविरुद्ध खेल्दैछ । नेपाल र टिमोर लिस्टेविरुद्ध खेल राति ९ः४५ देखि सुरु हुनेछ । फिफा वरियता हेर्ने हो भने टिमोर लिस्टे टिम नेपाल भन्दा निकै

फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

१४ जेठ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर

८० प्रतिशत प्रशासकीय अधिकृतको काठमाडौंमा घर छ : लक्ष्मणलाल कर्ण

१४ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा पाँच वर्षमा धेरै अनियमितता भएको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले पदाधिकारीले गाली मात्र खाएको तर प्रमुख प्रशासकीय अधिकृतले कमाइरहेको टिप्पणी गरे । शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नै नेता