कबड्डी-४ पाइरेसीको सिकार – Satabdi News

कबड्डी-४ पाइरेसीको सिकार

१५ जेठ,काठमाडौं । नेपाली सिने जगतमा दर्शकले धेरै रुचाएको चलचित्र सिरिज हो, कबड्डी । रामबाबु गरुङ निर्देशिन कबड्डी सिरिजको कबड्डी-४ शुक्रबार नेपाली हलहरूमा रिलिज भयो । अन्य सिरिजजस्तै यो सिरिजले पनि विभिन्न सिनेमा घरमा हाउसफुल शो पायो ।

नेपाली सिनेमामा पहिलो दिन नै सबैभन्दा बढी आम्दानी गर्ने फिल्मसमेत कबड्डी-४ बनेको छ, जसले रिलिज भएको दिनमै तीन करोडको ग्रस संकलन गरेको छ ।

फिल्मले चारैतर्फबाट्र राम्रो प्रतिक्रिया पाएको छ । तर, फिल्म रिलिज भएदेखि नै विभिन्न क्लिप टिकटक र फेसबुकमा छ्यापछ्याप्ती फैलिए ।

कबड्डी-४ को सबैभन्दा ठूलो रहस्य ‘काजी’ ले बिहे गर्छन् कि गर्दैनन् भन्ने कुरा अहिले नहेर्ने जति धेरैले टिकटक र फेसबुकबाट थाहा पाइसकेका छन् ।

त्यही विषयलाई लिएर कबड्डी-४ का मुख्य कलाकार दयाह्याङ राईले क्लिपहरू लिक भएको विषयप्रति आपत्ति जनाएका छन् । उनले दर्शकलाई हलमा त्यसरी फोन निकालेर रेकर्ड नगर्न अनुरोध गरेका छन् ।

उनी फेसबुकमा लेख्छन्, ‘तपाईं सम्पूर्ण दर्शकहरूप्रति हामी आभारी छौं, यति धेरै साथ र मायाका लागि । तर, यसरी तपाईंहरूले सिनेमा हेरिरहँदा मोबाइल निकालेर भिडिओ बनाउँदा तपाईंलाई पनि बाधा हुनसक्छ, झनै तपाईंको नजिकको साथीलाई धेरै बाधा भइरहेको हुन्छ र हामीलाई पनि त्यसैले सबैजना बिना बाधा सिनेमा हेर्नुहोस् आनन्द लिनुहोस् ।’

यसरी एउटा सिनेमा टिकटक र फेसबुकमा पाइरेसीको शिकार भइरहँदा सराेकारवाला व्यक्तिहरूले ध्यानकर्षण जनाएका छन् ।

कलाकार एवं निर्देशक निश्चल बस्नेत लेख्छन्, ‘अनुरोध …..चलचित्रलाई माया गर्नु भनेको मनपरेको चलचित्र हेर्न टिकट काटेर हलसम्म पुगेर मस्त मजा लिनु हो । टिकटकमा क्लिप बनाउँदै हाल्नुभयो भने अरु हेर्न पर्खिरहेका दर्शकको मजा खराब गर्नु हो र कबड्डीका निर्मातालाई घाटातिर धकेल्नु हो । यति त बुझिदिनुपर्‍यो दर्शकहरूले । कसैले खिचेको देखे त्यसो नगर्न भनिदिन हुन अनुरोध ।’

उनले फिल्मका क्लिपहरू त्यसरी टिकटकमा सार्वजनिक हुनुका पछाडि हल सञ्चालकहरूको पनि लापरवाही भएको तर्क गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कबड्डी-४ पाइरेसीको सिकार" A few seconds ago

सम्बन्धित खवर