नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेविरुद्ध खेल्दै, यस्तो छ लाईभ हेर्ने तरिका – Satabdi News

नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेविरुद्ध खेल्दै, यस्तो छ लाईभ हेर्ने तरिका

१४ जेठ, काठमाडौं | एसियन कप छनोटको अघि आज नेपाली टिमले कतारमा आफ्नो पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेविरुद्ध खेल्दैछ । नेपाल र टिमोर लिस्टेविरुद्ध खेल राति ९ः४५ देखि सुरु हुनेछ । फिफा वरियता हेर्ने हो भने टिमोर लिस्टे टिम नेपाल भन्दा निकै कमजोर रहेको छ । हालसम्म नेपाल टिमोर लिस्टेसँग पराजित भएको छैन ।
फिफा वरियतामा टिमोर लिस्टे १९८ औं स्थानमा रहेको छ भने नेपाल फिफा वरियतामा १६८ औं स्थानमा रहेको छ।फिफा वरियता नेपाल टिमोर लिस्टे भन्दा ३० औं स्थान माथि रहेको छ ।आजको खेल लाईभ हुने सम्भावना कम रहेको छ। नेपाली टोलीले कतारमा करिब ९ दिन तयारी गर्ने छ ।नेपाली टोली जुन ४ मा कुवेत जाने छन् ।घरेलु मैदानमा करिव डेढ महिनाको प्रशिक्षणपछि नेपाली टिम थप प्रशिक्षणका लागि हिजो कतार गहेको छ। यो बिचमा खेलाडी र प्रशिक्षकको विवादका कारण अहिले टिममा युवा खेलाडी राखिएको छ।
नेपालले एशियन कप छनोट खेल्न जान अगाडी दोहामा मैत्रीपुर्ण खेल खेल्ने योजना बनाएपनि अझै फाइनल नभएको बताइएको थियो । तर कतार फुटबलले सात वटा एसियन देशलाई घरेलु भूमीमा प्रशिक्षकणका लागि बोलाएको हो । एसियन कप छनोटको समुह ए मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसिया जस्ता टिमसँग खेल्नेछ।जुन आठ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ मा खेल्नेछ भने दोस्रो खेल जुन ११ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।यस्तै जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ। तेस्रो चरणको छनोटका शिर्ष टिम र पाँच समुहमा रहेका उत्कृष्ट दोस्रो हुने टिमले अन्तिम चरणमा स्थान बनाउनेछ।
नेपाली टिम:
गोलकिपरः दिप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
डिफेन्डर: बिकाश खवास, बिकाश तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिब गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदाम्बे, सुनील बल, सुरजजिउ ठकुरी
फरवार्डः आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेवि..." A few seconds ago

सम्बन्धित खवर