हिमालायन ब्याडमिन्टन क्लब लण्डनले खेलाडी प्रिन्स दाहाललाई युके निमन्त्रणा – Satabdi News

हिमालायन ब्याडमिन्टन क्लब लण्डनले खेलाडी प्रिन्स दाहाललाई युके निमन्त्रणा

२१ फागुन, काठमाडौ । पुरुष एकल तर्फ पुर्ब जुनियर वोर्ल्ड नम्बर वान तथा नेपाल वर्याता नम्बर चारका प्रतिभाशाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई हिमालायन ब्याडमिन्टन क्लब लण्डनले युकेले निमन्त्रणामा गरेका छन्।

बिश्व ब्याडमिन्टन जगतमा प्रथम पटक नेपाली ब्याडमिन्टन खेलाडीको रुपमा इतिहास रचेका प्रिन्स दाहाल युकेमा रहिजेल हिमालायान ब्याडमिन्टन क्लब लण्डनले सम्पूर्ण ब्यबस्थापनको जिम्मेवारी तथा अन्य कार्यक्रमको संयोजक गर्ने भएको छ ।

१२ मार्च २०२३ आइताबारको दिन प्रिन्स दाहाल र पुर्ब वोर्ल्ड नम्बर ७९ तथा श्रीलंका नम्बर वान खेलाडी निशान पेरेरा कारुनारातनेसँग हेज लिजर सेन्टरको खेल हलमा एक्जीबिसन (प्रदर्शनी) खेल हुने भएको छ। युकेमा स्थापित क्लबहरु तथा खेलाडीहरुलाई उपस्थितिको लागि हिमालायन ब्याडमिन्टन क्लब लण्डनले युकेले अनुरोध गरेका छ्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हिमालायन ब्याडमिन्टन क्लब लण्डनले खेलाडी प्रिन्..." A few seconds ago

सम्बन्धित खवर