भाउन्ने युथ क्लबमा अमिर मगर सर्व सम्मत चयन। – Satabdi News

भाउन्ने युथ क्लबमा अमिर मगर सर्व सम्मत चयन।

बेलबारी १०। भाउन्ने युथ क्लबमा अमिर मगर अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। शनिबार सम्पन्न भाउन्ने युथ क्लब बेलबारी १० को प्रथम साधारण सभाबाट अमिर मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन।
समितिको उपाध्यक्षमा सन्देश राई, सचिवमा बालकृष्ण गुरुङ,सहसचिवमा जगत धिमाल,कोषाध्यक्षमा सुमिता दङ्गाल राजवंशी चयन भएका छन ।यसैगरी सदस्यहरुमा दिलकुमारी मगर, कृष्ण याख्खा श्रेष्ठ,बिकास देब,ध्यान कुमार राई, रेनु तामाङ र डाईमन राई चयन भएका छन ।

निर्वाचित सबै समिती लाई पुर्व अध्यक्ष सन्तोष तामाङ्ग ले बधाई तथा सुभ कामना दिदै क्लब का खाता पाता जिम्मा लगाएका थिए। सृजना सामुदायिक बन का अध्यक्ष देउमान लिम्बु,समाजसेवी शंखर गुरुङ , कार्यपालिका सदस्य जजमान याखा लगायतको उपस्थितिमा अधिबेसन सम्पन्न भएका थिए। कार्यक्रमको अध्यक्ष्यता सन्तोष तामाङ्ग ले गरेका थिए भने स्वागत मन्त्यब्य जगत धिमाल ले र कार्यक्रम संचालन बाल कृष्ण गुरुङले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भाउन्ने युथ क्लबमा अमिर मगर सर्व सम्मत चयन।" A few seconds ago

सम्बन्धित खवर