प्रथम बेलबारी टी–२० प्रिमियर लिग आयोजना हुने – Satabdi News

प्रथम बेलबारी टी–२० प्रिमियर लिग आयोजना हुने

बेलबारी। मोरङको बेलबारी नगरपालिकामा टी–२० प्रिमियर लिग आयोजना हुने भएको छ । मंसिर १० गते देखी प्रिमियर लिग बेलबारी क्रिकेट क्लबको आयोजनामा आयोजना हुन लागेको हो ।

क्रिकेट विकासमा हाम्रो ध्यान भन्ने नाराका साथ प्रथम बेलबारी प्रिमियर लिग आयोजना हुन लागेको मङ्गलवार बेलबारीमा पत्रकार सम्मेलन गरेर क्लबका अध्यक्ष विपिन आचार्यले बताए । प्रतियोगिता बेलबारी ४ स्थित बेतना युनाइटेडको खेलमैदानमा नगर स्तरीय हुने जनाइएका छ ।

बेलबारी नगर भित्रका ६ वटा विभिन्न सङ्घसंस्था, कम्पनी, उद्योगलाई कर्पोरेट पार्टनरका रूपमा छनौट गरी नगरका विभिन्न वडामा रहेका क्रिकेट खेलाडीहरूलाई उक्त ६ वटा कर्पोरेट टिपमा समावेश गरी प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष विपिन आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रथम बेलबारी टी–२० प्रिमियर लिग आयोजना हुने" A few seconds ago

सम्बन्धित खवर