तेस्रो माघे सन्क्रान्ती खुल्ला नक आउट फुट्बल प्रतियोगितामा केराबारी बिजयी – Satabdi News

तेस्रो माघे सन्क्रान्ती खुल्ला नक आउट फुट्बल प्रतियोगितामा केराबारी बिजयी

बेलबारी । तेस्रो माघे सन्क्रान्ती खुल्ला नक आउट फुट्बल प्रतियोगिता २०७९ को आज भब्य उदघाटन भएको छ । बेलबारी नगर प्रमुख दिल प्रसाद राई ज्यु ले प्रतियोगिता खेलको आज पानसमा बत्ती बालेर उदघाटन गर्नु भएको थियो । उदघाटन खेलमा बेलबारी फुट्बल क्लबलाई २ गोलले हराउदै केराबारी फुट्बल क्लबले सानदार बिजय सुरुवात गरेका छन ।

आउदै गरेको रास्ट्रीय चाड माघे सन्क्रान्तिको अवसर पारेर प्रतियोगिता गरिदै आएको र यो आगामी दिनमा पनि निरंतरता दिने नेपाल मगर संघ वार्ड न १ अध्यक्ष मणि मगरले बताए। यस प्रतियोगितामा ८ वोटा टिमको सहभागिता हुने र फाइनल खेल माघ १ गते सम्पन्न हुने पनि बताए ।

बेलबारी नगर पालिकाको मुख्य सहयोग र बेलबारी निवासी देस बिदेशमा रहनु हुने बेलबारीवासीको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न हुने जानकारी जन ज्योती क्लबका अध्यक्ष बुद्ध लिम्बूले बताए । कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख दिल प्रसाद राई हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिमा नेपाल मगर संघ बेलबारी नगर अध्यक्ष केशव थापा मगर , नेकपा एमालेका नगर अध्यक्ष ईरान राई लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानिय बुद्धिजिविहरुको आतिथ्य उपस्थिति रहेको थियो । यस प्रतियोगिता नेपाल मगर संघ बेलबारी वार्ड न १ समितिको आयोजना तथा व्यवस्थापन जन ज्योति क्लब नक्सलबारीले गरेका छन्।आजको कार्यक्रमको अध्यक्षता मणि मगर ज्युले गर्नु भएको थियो भने कार्यक्रम सीता तामाङले सन्चालन गरेका थिए ।

बेलबारी नगर प्रमुख दिल प्रसाद राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "तेस्रो माघे सन्क्रान्ती खुल्ला नक आउट फुट्बल प्..." A few seconds ago

सम्बन्धित खवर