कतार विश्वकप अवधिमा ७.५ अर्ब डलर कमाउदै फिफाको आम्दानीमा नंया रेकर्ड – Satabdi News

कतार विश्वकप अवधिमा ७.५ अर्ब डलर कमाउदै फिफाको आम्दानीमा नंया रेकर्ड

५ कार्तिक, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को आम्दानीमा रेकर्ड विन्दुमा पुगेको छ । सन् २०२२ को कतार विश्वकपका लागि भएको चार वर्षको व्यावसायिक सम्झौतामा ७.५ अर्ब अमेरिकी डलर आम्दानी भएको फिफाले जानकारी गराएको छ । फिफाले आफ्ना २०० भन्दा बढी सदस्य राष्ट्रका अधिकारीहरु समक्ष आइतबार आम्दानीको बारेमा जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । फिफाले कतार विश्वकपबाट गरेको आम्दादनी सन् २०१८ को रुस विश्वकपका लागि भएको ४ वर्षको व्यावसायिक सम्झौता भन्दा १ अर्ब बढी हो ।

आम्दानी बढ्नुको प्रमुख कारण विश्वकप आयोजक राष्ट्र कतारसँगको व्यापारिक सम्झौता रहेको छ । ‘कतार इनर्जी’ विश्वकपको शीर्ष–स्तरको प्रायोजकको रुपमा सामेल भएको थियो । त्यस्तै, नयाँ तेस्रो स्तरको प्रायोजकहरुमा कतारी बैंक ‘क्यूएनबी’ र टेलिकम कम्पनी ‘ओरेडू’ समावेश छन् । त्यस्तै, विश्वकमको प्रसारण सम्झौता पनि फिफाको आम्दानीको अर्को कारण हो । यस वर्षको विश्वकपको प्रसारणका लागि फिफाका पूर्वअध्यक्ष सेफ ब्लाटरकै कार्यकालमा सम्झौता भएको थियो । आगामी विश्वकपसम्ममा फिफाको आम्दानी १० अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कतार विश्वकप अवधिमा ७.५ अर्ब डलर कमाउदै फिफाको ..." A few seconds ago

सम्बन्धित खवर