फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती – Satabdi News

फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

१४ जेठ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’

राष्ट्रिय सभा सदस्य, संघ र प्रदेश सरकार गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै प्रचण्डले अझै दम्भबाट पछि नहटेको बताए ।

‘पुनर्समीक्षमा जानुहुन्छ कि भनेको त उहाँ त खाली गाली र बदनामी गर्ने,’ प्रचण्डले भने, ‘मेरो दृष्टिमा आफ्नो अहंकार र दम्भबाट पछाडि हट्नुभएको छैन् ।’

केपी ओलीलाई प्रचण्डको प्रश्न : तपाईंहरू टाउको काट्ने मान्छे हो भन्यो भने के हुन्छ ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ?’

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध र शान्ति प्रक्रियाको सन्दर्भमा गरेको टिप्पणीको जवाफ दिने क्रममा प्रचण्डले यस्तो प्रश्न गरेका हुन् । युद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याएको भन्दै ओलीले घृणा फैलाएको प्रचण्डको आरोप छ ।

प्रचण्डले फेरि प्रश्न गरे,  ‘हिजा फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो । जनतालाई धम्क्याएको कुरा गर्नुभयो । मैले यो विषय अलि बढी गम्भीर भएको ठानेको छु । हामी अहिले जसरी उपस्थित भएका छौं त्यो शान्ति सम्झौतामार्फत् छौं । १२ बुँदे समझादारी हुँदै यही हलमा बसेर ऐतिहासिक सहमति भनेको होइन ? एउटा प्रक्रियामा हामी जान खोज्दैछौं । फेरि यो करा किन ?’

प्रश्नपछि प्रचण्डले अहिले परिस्थिति भिन्दै भइसकेको अवस्थामा यस्तो भन्नु जायज नहुने भन्दै एकअर्कालाई अपमानित गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको ..." A few seconds ago

सम्बन्धित खवर