सुनसरीको कान्छिचौक–चतरा सडक खण्डमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु एक घाइते

२५ भाद्र, इटहरी । सुनसरीको रामधुनी–६ सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना भएको छ । बिहीबार राति कान्छिचौक–चतरा सडक खण्डमा उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा मोरङ कानेपोखरी गाऊपालिका ६ का १८ बर्षीय रितिक राईको मृत्यु भएको हो

धरानमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

२३ भाद्र, धरान । सुनसरीको धरान–१५ स्थित खोरिया बस्तीमा झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । ४२ वर्षीय अमर बराइलीको शव रुखमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मृतक बराइली मङगलबार दिउँसो ३ बजे देखी घरबाट हराएका परिवारजनले उल्लेख

बेलबारीका आशबहादुर भरुवा बन्दुक बनाएर बिक्री गरेको आरोपमा पक्राउ

२३ भाद्र, बेलबारी । मोरङको बेलबारी नगरपालिका–१ का ५२ वर्षीय आशबहादुर लिम्बुलाई अवैध हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री तथा वन्य जन्तुका अंगसहित पक्राउ परेका छन् । अवैध हातहतियार बनाउने, बिक्री गर्ने र वन्यजन्तुको शिकार गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले लिम्बुलाई मंगलबार पक्राउ गरेको

संखुवासभा हत्या प्रकरणः शव परीक्षणका लागि धरान ल्याइयो, ‘डग स्न्यापिङ’ हुँदै

२२ भाद्र, खाँदकारी । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलगाउँमा हत्या गरिएको अवस्थामा फेला गरेका ६ वटा शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मंगलबार घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार राति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ५८

नेपालमा आज थपिए १६ सय बढी संक्रमित

२२, भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३४ जनामा गरिएको नमूना परीक्षणमा १६७७ नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २०७२ जना डिस्चार्ज भएका छन् भने २१ जनाको मृत्यु

असोज १ गतेदेखि पशुपतिनाथ मन्दिर खुुल्ने

२२ भाद्र, काठमाण्डौ । निषेधाज्ञाका कारण सर्वसाधारणका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर असोज १ गतेदेखि खुला हुने भएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि गएको वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनुसार दर्शनका लागि खुला गर्ने निर्णय भएको हो

मिक्लाजुङ्गमा करेन्ट लागेर २९ वर्षीय युवकको मृत्यु

२२ भाद्र, बेलबारी । मोरङको मिक्लाजुङ्ग गाऊपालिका–६ स्थित करेन्ट लागेर एक युवकको ज्यान गएको छ । सोमबार दिउँसो आफ्नै घर कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका २९ वर्षीय दिपक लिम्बुको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान

बेलबारीका ७४ वर्षीय भबिलाल लागूऔषध गाँजा सहित पक्राउ

२१ भाद्र, बेलबारी । बेलबारी नगरपालिका ८ बलुहीबाट लागूऔषध गाँजा सहित एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो विशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT समूहबाट खटिएको प्रहरी टोलीले ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरेको हो । उनको घरबाट गाँजा ७ केजी ४४५ ग्राम

झापामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु दुई घाइते

२२ भाद्र, झापा । झापाको कचनकवल– ६ स्थित होसना बोडिङ स्कुल अगाडी बनियानी बालुवाडी भित्री सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ । सोमबार राती तीव्र गतिमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १० प ५३८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे

संखुवासभा हत्या प्रकरणः आज बिहानबाट अनुसन्धान सुरु, लखेटीलखेटी हत्या गरिएको प्रारम्भिक निष्कर्ष

२२ भदौ, काठमाडौं । सखुंवासभाको मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको भएको घटनाको अनुसन्धान सुरु गरिएको छ । संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमबार राति घटनास्थल पुगेको र रातभर पानी परेका कारण मंगलबार बिहानमात्रै कुकुरसहितको टोलीले अनुसन्धान सुरु