संखुवासभा हत्या प्रकरणः शव परीक्षणका लागि धरान ल्याइयो, ‘डग स्न्यापिङ’ हुँदै – Satabdi News

संखुवासभा हत्या प्रकरणः शव परीक्षणका लागि धरान ल्याइयो, ‘डग स्न्यापिङ’ हुँदै

२२ भाद्र, खाँदकारी । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलगाउँमा हत्या गरिएको अवस्थामा फेला गरेका ६ वटा शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

मंगलबार घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार राति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।

हत्या गरिएकामध्ये पार्वताको शव घरभित्रै थियो । काम गर्न जाँदा लगाउने कपडा र गम्बुटसमेत लगाएको अवस्थामा तेजबहादुरको शव घरनजिक बाटोमा भेटियो। कमला र रञ्जनाको शव घरनजिकको खोलामा भेटिएको थियो । दीपेन र गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरीले जनाएको छ। मृतक सबैको शव घरबाट लगभग सयमिटरको आसपासमा भेटिएको थियो ।

सुनसरीको धरानबाट तालिमप्राप्त कुकुर सहितको टोली सोमबार राति अबेर पुगेकाले पनि आज बिहानबाट मात्र अनुसन्धानको काम सुरु भएको संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

तेजबहादुरका दुई छोरा भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । एकै परिवारका ६ जना मारिँदा घरमा रहेका तेजबहादुरका बुबा भने बच्न सफल भएका छन् । उनले बिहानमात्र घटना भएको बताएका छन् ।

अहिले सम्म घटनाको कारण भने खुलेको छैन । प्रहरीले घटनासँग सम्बन्धित सूचना सङ्कलन, त्यसमा अनुसन्धान गर्ने काम गरिरहेको जनाइएको छ । उक्त क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको छ ।

घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको कमाण्डमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली पनि घटनास्थलमै छ ।

प्रहरी प्रधान कार्यालयले पनि घटनालाई मुख्य चासोको रूपमा हेरिरहेको छ। आवश्यक परेको खण्डमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० बाट पनि प्रहरी पठाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संखुवासभा हत्या प्रकरणः शव परीक्षणका लागि धरान ..." A few seconds ago

सम्बन्धित खवर