जसपा निकट संघीय कानुन ब्यबसायको राष्ट्रिय सम्मेलन – Satabdi News

जसपा निकट संघीय कानुन ब्यबसायको राष्ट्रिय सम्मेलन

३ साउन, काठमाडौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) सम्बद्ध संघीय कानुन व्यवसायी एसोसिएसनको राष्ट्रिय सम्मेलन हुने भएको छ । जसपा नेपाल निकट कानुन व्यवसायीहरुको संगठनमा आवद्ध रहनु भएका देशैभरिका करिब डेढ सय जना कानुन व्यवसायीहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुँदैछन् ।

सो सम्मेलन पर्सी साउन ५ र ६ गते काठमाडौंको बुढानीलकण्ठ शिवपुरीस्थित नाभा रिसोर्टमा आयोजना हुन लागेको संघीय कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष अधिवक्ता दिपक राईले शताब्दी न्युजलाई जानकारी दिनु भएको छ ।

यही साउन ५ र ६ गते सुरु हुने दुई दिवसीय उक्त सम्मेलनलाई जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने साउन ६ गते समापन कार्यक्रम संघीय अध्यक्ष तथा शिक्षा मन्त्री अशोक कुमार राईको गर्ने हुने भएको छ ।

बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन भएको र सोहि अनुरुप कामहरु भईरहेको कुरा अध्यक्ष दिपक राईले बताउनु भएको छ । कानुन व्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको मुख्य घटक संगठनको रुपमा सक्रिय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपा निकट संघीय कानुन ब्यबसायको राष्ट्रिय सम्मेलन" A few seconds ago

सम्बन्धित खवर