बेलबारी मालपोत कार्यलय आज दिन भर तनाबग्रस्त। – Satabdi News

बेलबारी मालपोत कार्यलय आज दिन भर तनाबग्रस्त।

बेलबारी। पार्किङ्गको बिसय लिएर बेलबारीका मेयर डिपी राई र लेखापडी ब्यवसायी बिच शुक्रवार भएको बिबादको बिषय लाई लिएर बेलबारी मालपोत एरिया तनाब ग्रस्त भएको छ।मेयर प्रती दुर्व्यवहार भएको भन्दै स्थानिय बासीहरुले लेखापडी ब्यवसायीहरुको सबै शटरहरु बन्द गराइएका छन। केही शटरमा ताला सम्म लगाइएको छ। शुक्रबार मेयर घर जाने क्रममा बाटो अवरुद्ध हुने गरि बाइक गाडीहरु राखिएको भेटिए पछि मेयरले गाडी र बाईकहरु बाटोमा नराखी पार्किङ्गमा राख्न अनुरोध गरेका थिए। ब्यवसायीहरुले गाडी र बाईक पार्किङ्गमा राख्ने हामी सङ्ग पैसा नभएको जस्ता प्रती उत्तर गरे पछि मेयर र ब्यवसायी बिच बिबाद शुरु भएको थियो। केही छिन पछि लेखापढी ब्यवसायीहरु जम्मा भै मेयरको बिरुद्ध गाली गलौच र नारा बाजि गरे पछि मेयर रिसाएको र विवाद अझ चर्किएको स्थानिय बासीहरु बताउछन ।


सयौको संख्यामा उपस्थित स्थानिय बासीहरुले मेयर प्रती गरिएको दुव्र्यवहारको सार्वजनिक रुपमा माफी माग्नु पर्ने मेयरलाई हात पात र गाली गलौच गर्नेहरुलाई कडा रुपमा कार्वाही हुनु पर्ने माग अघि सारेका छन।
यता लेखापढी ब्यवसायीहरु आफ्नु सुरक्षाको माग गर्दै बेलबारी ईलाका प्रहरी कार्यलाय गएका छन भने ध्यानाकर्षण भएको बिज्ञप्ति निकाले छन।

यसै बिशयलाई लिएर आज नै बेलबारी नगर पालिकाले बेलबारी नगरका राजनैतिक दल , संघ सस्था र बेलबारी लेखापढी ब्यवसायी संघलाई बोलाएर यस बिषयमा क्षलफल गरिएको छ। क्षलफलमा अधिकान्स बक्ताले मेयर प्रती दुभद्र व्यबहार गर्ने ब्यवसायीहरुको पहिचान गरेर कार्बाहीको दायरामा ल्याउनु पर्ने, पार्किङ्ग लाई ब्यवस्थित गर्नु पर्ने, मालपोत भित्र का सबै बेथितिलाई तुरुन्त सुधार गर्नु पर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी मालपोत कार्यलय आज दिन भर तनाबग्रस्त।" A few seconds ago

सम्बन्धित खवर