जनएकता आधारभुत बिद्यालयमा छात्रबृति बितरण सहित लाखौको सामग्री हस्तान्तरण – Satabdi News

जनएकता आधारभुत बिद्यालयमा छात्रबृति बितरण सहित लाखौको सामग्री हस्तान्तरण

बेलबारी। मंगलबार मोरङको बेलबारी १ मा रहेको जनएकता आधारभुत बिद्यालयमा छात्रबृति बितरण सहित सहयोगीदाताहरुले लाखौ पर्ने मूल्य बराबरका सामाग्रीहरु बिद्यालयलाई हस्तान्तरण गरेका छन्।

बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापा (कोईराला ) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ३४ जना बिद्यार्थीहरुलाई नगरपालिकाबाट प्राप्त ४ सयका दरले छात्रबृति बितरण गरिएको थियो भने दाताहरुबाट लाखौ मूल्य बराबरका जुत्ता , बेल्ट- टाई , बिद्यालय पोशाक , ब्याग , मोजा लगायत सामाग्रीहरु बिद्यालयलाई हस्तान्तरण गरेका थिए।

बेलबारी १ बस्ने हाल अमेरिका निवासी राजु थापाबाट ६५ जोर जुत्ता र मोजा , बेलबारी २ निवासी राजेश खत्रीबाट १००/१०० वोटा बेल्ट र टाई त्यसै गरि बेलबारी १ निवासी पारंगहा कोरियन भाषाका संचालक कर्ण ब राईबाट ६५ जोर बिद्यालयका पोशाक, दमक झापा निवासी व्यवसायी भरत श्रेष्ठ र राजकुमार श्रेष्ठबाट ७० थान झोला बिद्यालयलाई हस्तानतरण गरेको थियो भने बेलबारी १ का राजेश शाहले स्कुलका टोइलेटको मर्मत सम्भार निशुल्क श्रमदान गरि सहयोग गरेको बिद्यालयका अध्यक्ष कोष राज श्रेष्ठले सताब्दी न्युजलाई बताए। बिद्यालयले सबै दाताहरुलाई यसै कार्यक्रममा सम्मान पनि गरेका थिए।बिद्यालयले स्कुलका सबै बिद्यार्थीहरुलाई यसै कार्यक्रममा सबै सामाग्रीहरु बाडेका थिए।

उक्त कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोषराज श्रेष्ठ ज्युको अध्यक्षता तथा बेलबारी नगर पालिकाका उप मेयर नितु थापा कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बिशिस्ट अतिथि वडा अध्यक्ष मणि पुलामी मगर, शिक्षा शाखा प्रमुख भुपेन्द्र कोईराला , अतिथिमा कार्यपालिका सदस्य संच माया लिम्बु , वडा सदस्यहरु चन्द्र बस्नेत , हेमा बिक, बेलबारी लायन्स क्लबका अध्यक्ष जनक पोखरेल ,बेलबारी जेसिस अध्यक्ष बिपिन आचार्य , बेलबारी उधोग बाणिज्य संघका उपाध्यक्ष केशव थापा मगर , समाजसेवी राजेश शाह लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनएकता आधारभुत बिद्यालयमा छात्रबृति बितरण सहित ..." A few seconds ago

सम्बन्धित खवर