कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने मोरंग समितीको संयोजकमा शान्ता तामाङ्ग – Satabdi News

कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने मोरंग समितीको संयोजकमा शान्ता तामाङ्ग

बेलबारी मोरङ। परम्परागत घरेलु मदीरा (कोदोको रक्सी) प्रवद्र्धन समिति प्रदेश नं.१ ले कोदोको रक्सीलाई ब्राण्डिङ गर्दै आयआर्जनसँग जोड्नकालागि मोरंग जिल्लामा पनि समीती गठन गरेको छ।

प्रदेश नं. १ का १४ वटै जिल्लामा समिति विस्तार गर्ने योजना अनुरुप मोरङको बेलबारीको नेपाल आदिबासी जनजाति महासंघको भवनमा एक भेला भई शान्ता तामाङ्गको संयोजकमा २१ सदसिय समिती गठन गरिएको छ।

समितिको संयोजकमा शान्ता तामाङ रहेकी छिन् भने सदस्यहरुमा रुकमणि धिमाल, भक्तशेर लिम्बू, कमल गुरुङ, फुलसरा तामाङ, विन्दुकला गुरुङ, कृष्ण मेन्याङ्बो, राधा लिम्बू, सीता राई, दिलमाया गुरुङ, अनिता तामाङ, दिलबहादुर तामाङ, कल्पना राई, राधा लिम्बू र ज्ञानु श्रेष्ठ रहेका छन् ।

समिति गठनका लागि आयोजित भेलामा कोदोको रक्सीका सम्भावना र चुनौतिका विषयमा छलफल पनि गरिएको थियो ।

छलफलमा बुद्धिजीवि देसु वनेम, टेक खजुम, दिलकुमार नेम्वाङ, सरु सिङ्घक लगायतले कोदोको रक्सीलाई ब्राण्डिङ गरेर अन्तर्राष्ट्रियकरण गर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा समितिका १ नम्वर प्रदेश सल्लाहकार देशु वनेमले कोदोको रक्सी स्वदेश तथा अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्न घरेलु मदिरा सम्वन्धि नेपालको मुलुकी ऐन २०३१ र ३३ सालमा बनेको ऐन बाधक रहेकोले त्यसलाई फुकुवा गर्न दवावको आवश्यक परेको बताएका थिए । त्यस ऐन खुल्ला गरेपछि घरेलु रक्सीको राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा बिक्री गर्न सकिने उनले बताएका थिए।

प्रदेश समितिका संयोजक टेक खजुमले अहिले प्रदेश सरकारमा घरेलु रक्सीलाई प्रवद्र्धन गर्ने बारे व्यापक छलफल चलिरहेको बताए। यसलाई कार्यान्वयन र प्रवद्र्धनका लागि १४ वटै जिल्लामा प्रवद्र्धन समिति बनाउने अभियान रहेको बताए।

कार्यक्रममा प्रवद्र्धन समितिले कोदो रक्सी निर्माणका लागि चाहिने कोदो, मर्चाका लागि चाहिने जंगली जडिबुटी लगायतको संरक्षणमा सरकारले चासो देखाउनुपर्नेमा पनि जोड दिएको बताए।

कार्यक्रममा प्रदेश १ मा कोदो हुने क्षेत्रको पहिचान गर्दै रक्सी उत्पादनमा चाहिने कोदोका लागि एकीकृत कोदो खेति गर्दै कोदो उत्पादनमा जोड दिनुपर्ने प्रसेश सरकार संग माग राखेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने मोरंग समितीको स..." A few seconds ago

सम्बन्धित खवर