असोज १ गतेदेखि पशुपतिनाथ मन्दिर खुुल्ने – Satabdi News

असोज १ गतेदेखि पशुपतिनाथ मन्दिर खुुल्ने

२२ भाद्र, काठमाण्डौ । निषेधाज्ञाका कारण सर्वसाधारणका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर असोज १ गतेदेखि खुला हुने भएको छ ।

कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि गएको वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनुसार दर्शनका लागि खुला गर्ने निर्णय भएको हो ।

अशोज १ गतेदेखि नै पशुपतिमा विशेष पूजा पनि सुरु हुने छ । दर्शनार्थीले तोकिएको रकम तिरेर विशेष पूजा गर्न पाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो । अहिलेसम्म पशुपतिनाथमा नियमित नित्य पूजा मात्रै हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "असोज १ गतेदेखि पशुपतिनाथ मन्दिर खुुल्ने" A few seconds ago

सम्बन्धित खवर