संखुवासभा हत्या प्रकरणः आज बिहानबाट अनुसन्धान सुरु, लखेटीलखेटी हत्या गरिएको प्रारम्भिक निष्कर्ष – Satabdi News

संखुवासभा हत्या प्रकरणः आज बिहानबाट अनुसन्धान सुरु, लखेटीलखेटी हत्या गरिएको प्रारम्भिक निष्कर्ष

२२ भदौ, काठमाडौं । सखुंवासभाको मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको भएको घटनाको अनुसन्धान सुरु गरिएको छ ।

संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमबार राति घटनास्थल पुगेको र रातभर पानी परेका कारण मंगलबार बिहानमात्रै कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको हो ।

सोमबार बिहान शव भेटिएपछि प्रहरीले घटनास्थल सिल गरेको थियो । अनुसन्धान टोलीमा ट्रयाकर डग पिकु र लैलालाई घटनास्थल लगिएको छ ।

कुकुरको प्रयोगका लागि रातभर घटनास्थलमा नै शव छाडिएको थियो । तर पानी परेका कारण कुकुर प्रयोगको प्रभावकारिता कम देखिने हुँदा बिहान मात्र अनुसन्धान सुरु गरिएको बताइएको छ ।

सोमबार बिहान भएको घटनामा आँखा कम देख्ने र काम कम सुन्ने ९३ वर्षीय बौद्धमान कार्की सकुशल छन् । उनकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्की हत्या भएको हो ।

घटनामा पार्वतीको शव घरभित्र ओछ्यानमा सुतेकै अवस्थामा छ । तेजबहादुरको शव घरदेखि बाहिर सडकमा घोप्टो परेको अवस्थामा छ । ज्याकेट र गम्बुट लगाएका उनको भाग्दा भाग्दै हत्या गरिएको प्रहरीको अनुमान छ ।

रञ्जना र कमलाको शव घर नजिकैको खोल्सामा छ । दिपेन र गोमाको शव घरदेखि खरबारीमा छ । घोप्टो अवस्थामा रहेका उनीहरुको शव करिब पाँच मिटरको दूरीमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक निष्कर्ष अनुसार पाँच जनाको भाग्दा भाग्दै र एक जना वृद्ध महिलाको सुतेकै अवस्थामा हत्या गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संखुवासभा हत्या प्रकरणः आज बिहानबाट अनुसन्धान स..." A few seconds ago

सम्बन्धित खवर