बेलबारीका ७४ वर्षीय भबिलाल लागूऔषध गाँजा सहित पक्राउ – Satabdi News

बेलबारीका ७४ वर्षीय भबिलाल लागूऔषध गाँजा सहित पक्राउ

२१ भाद्र, बेलबारी । बेलबारी नगरपालिका ८ बलुहीबाट लागूऔषध गाँजा सहित एक व्यक्ति पक्राउ परेका छन् ।

सोमबार दिउँसो विशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT समूहबाट खटिएको प्रहरी टोलीले ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।

उनको घरबाट गाँजा ७ केजी ४४५ ग्राम बरामद गरिएको जनाइएको छ । सहनीलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीका ७४ वर्षीय भबिलाल लागूऔषध गाँजा सहित प..." A few seconds ago

सम्बन्धित खवर