सुनसरीको कान्छिचौक–चतरा सडक खण्डमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु एक घाइते – Satabdi News

सुनसरीको कान्छिचौक–चतरा सडक खण्डमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु एक घाइते

२५ भाद्र, इटहरी । सुनसरीको रामधुनी–६ सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना भएको छ ।

बिहीबार राति कान्छिचौक–चतरा सडक खण्डमा उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा मोरङ कानेपोखरी गाऊपालिका ६ का १८ बर्षीय रितिक राईको मृत्यु भएको हो ।

मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा दुवै जना घाईते भएका रितिकको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको छ ।

अर्का घाईते मोटरसाइकल पछाडी सवार सोही स्थानका २१ बर्षीय निरज राईको थप उपचारको लागी बिराट नर्सिङ होम बिराटनगर रेफर गरिएको छ । दुर्घटना भएको मोटरसाईकल ईलाका प्रहरी कार्यालय पकलीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुनसरीको कान्छिचौक–चतरा सडक खण्डमा मोटरसाईकल दु..." A few seconds ago

सम्बन्धित खवर