धरानमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला – Satabdi News

धरानमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

२३ भाद्र, धरान । सुनसरीको धरान–१५ स्थित खोरिया बस्तीमा झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

४२ वर्षीय अमर बराइलीको शव रुखमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मृतक बराइली मङगलबार दिउँसो ३ बजे देखी घरबाट हराएका परिवारजनले उल्लेख गरे । गए रातीको समयमा स्थानीयहरु पुल नजिकै जंगल जाँदा घटना देखेपछी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बेलुका घटना स्थल सुरक्षित गरी बिहान मात्र घटनास्थलको एवंम् लासको मुचुल्का तयार गरेको हो ।

वीपी कोइराला स्वाथ्य प्रतिष्ठान धरानमा शव पोष्टर्माटम गर्न लाने तयारी गरिरहेको प्रहरीले जनाएको छ । मृतकको झुण्डीएको हेर्दा असामान्य जस्तो देखिएपनी बाहिरी कुनै पनि चोटपटक नदेखिएको प्रहरीको भनाई छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धरानमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला" A few seconds ago

सम्बन्धित खवर