बेलबारीका आशबहादुर भरुवा बन्दुक बनाएर बिक्री गरेको आरोपमा पक्राउ – Satabdi News

बेलबारीका आशबहादुर भरुवा बन्दुक बनाएर बिक्री गरेको आरोपमा पक्राउ

२३ भाद्र, बेलबारी । मोरङको बेलबारी नगरपालिका–१ का ५२ वर्षीय आशबहादुर लिम्बुलाई अवैध हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री तथा वन्य जन्तुका अंगसहित पक्राउ परेका छन् ।

अवैध हातहतियार बनाउने, बिक्री गर्ने र वन्यजन्तुको शिकार गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले लिम्बुलाई मंगलबार पक्राउ गरेको हो ।

उनको घरबाट एक थान लोड गरिराखेको भरुवा बन्दुक, बन्दुक बनाउन प्रयोग हुने २ थान नाल, काठको ४ थान बट, विष्फोटक पदार्थ १ केजी, ५ थान हरिणको सिङ, फलामको ३ थान काजोलगायतका सामान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका लिम्बुमाथि हातहतियार खरखजाना तथा विष्फोटक पदार्थ कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीका आशबहादुर भरुवा बन्दुक बनाएर बिक्री गर..." A few seconds ago

सम्बन्धित खवर