झापामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु दुई घाइते – Satabdi News

झापामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु दुई घाइते

२२ भाद्र, झापा । झापाको कचनकवल– ६ स्थित होसना बोडिङ स्कुल अगाडी बनियानी बालुवाडी भित्री सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ ।

सोमबार राती तीव्र गतिमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १० प ५३८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २१३७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी कचनकवल गाउँपालिका–६ निवासी ३८ वर्षीय सोम दाहालको मृत्यु भएको छ । मे ८ प २१३७ नम्बरको मोटरसाइकल चालक दाहाल, मे १० प ५३८९ नम्बरको मोटरसाइकल चालक कचनकवल गाउँपालिका ५ निवासी २५ वर्षीय करण राजवंशी, सोही मोटरसाइकलको पछाडि सवार कचनकवल ३ निवासी १८ वर्षीय जयमति राजवंशी घाइते भएका थिए ।

घाइते मध्ये चालक दहालको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्को मोटरसाइकल चालक राजवंशीको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।
घाइते जयमतिको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ। करणले जयमतिलाई घरबाट भगाएर ल्याएको र उनले तीव्र गतिमा मोटरसाइकल चलाएका थिए। अर्को मोटरसाइकल चालक सोम मरिमराउमा गइरहेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "झापामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु दुई घाइते" A few seconds ago

सम्बन्धित खवर