‘भरतपुर भाषण’ले सन्दीप विवादमा, भन्छन्- म शुभकामना दिन मात्र पुगेको

काठमाडौं । सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्री विवादमा मुछिएका छन् । उक्त सभामा क्षेत्रीले गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई शुभकामना दिएका थिए । क्षेत्रीको उक्त चुनावी सभा सम्बोधन यतिबेला विवादमा तानिएको छ । तटस्थ बस्नुपर्ने कलाकारले भोट माग्दै हिंडेको भन्दै

स्थानीय तह निर्वाचन हुने ३० वैशाखमा जहाज नउड्ने

२३ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै पनि उडान हुने छैनन् । निर्वाचनको दिन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेलबारीको प्रतिवद्धतापत्र सार्वजनिक

२१ बैशाख, बेलबारी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेलबारी नगर कमिटीले स्थानीय निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी एमाले नगर कमीटीले घोषणा पत्र सार्वजनिक गरेको हो । बेलबारी नगरपालिका प्रमुखका उम्मेदवार डिपि राई, उपप्रमुखका उम्मेदवार तीलकुमारी (न्यौपाने) गौतम, पार्टीका नगर अध्यक्ष इरन राई

नेपाली काँग्रेस बेलबारीले २ जना बागी उम्मेदवारलाई पार्टीबाट निष्कासित

बेलबारी, १८ वैशाख । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार रुकमिणी धिमाल र धनपति गौतमलाई विधान बमोजिम साधारण सदस्य समेत नरहने गरी नेपालि कांग्रेस पार्टी बेलबारी नगर कार्यसमितिले निष्कासन गरेको छ। २०७४ सालको स्थानीय निर्बाचनमा उपमेयर पदमा पराजित उनी यसपटक पनि सोही पदमा

जसपा बेलवारीले मेयर, उपमेयर सहित ८ वटा वडामा उम्मेदवारी दिए

बेलबारी। जसपा नेपाल बेलबारी नगर समितिले स्थानीय निर्बाचनमा मेयर, उपमेयर सहित ८ वटा वडामा उम्मेदवारी दिएकाे छ । बेलबारी जसपाले मेयरमा मिनु राई र उपमेयरमा अमिर मगरलाई सर्वसम्मत उम्मेद्वार बनाएकाे नगर अध्यक्ष तिलक साम्पाङ राईले जानकारी दिएका छन्। मेयरका उम्मेद्वार राई तत्कालिन अशाेक राई नेतृत्वकाे संघीय समाजवादी पार्टिका संस्थापक नेता

बागी उम्मेदवारी फिर्ता लिन सत्तागठबन्धनको निर्देशन

सत्तारूढ शीर्ष नेताहरूको बैठकले गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएका बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। आज बसेको शीर्ष नेताको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने समझदारी भएको हो। सातबुँदे निर्देशनमा गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका

बेलबारी भाउन्नेमा दोस्रो भाउन्ने कप २०७८ सञ्चालन हुने

  बेलबारी, २० चैत। बेलबारी भाउन्नेमा दोस्रो भाउन्ने कप २०७८ सञ्चालन हुने भएको छ। आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी गराएको हो।फुटबल खेललाई प्रवर्धन तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता यहि चैत्र २३ गते उद्घाटन भएर चैत्र ३० गते समापन हुने क्लबका अध्यक्ष सन्तोष तामाङले बताए। खेल संयोजक

उर्लाबारीमा धिमाल फुड फेस्टिबल हुने

१९ चैत, उर्लाबारी । आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवर्ध्दन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले माेरङकाे उर्लाबारीमा चैत्र १९ शनिवार धिमाल फुड फेष्टिबल हुने भएको छ । “संस्कृति, मौलिकता र स्वस्थ्य खाना” मूल नारा दिई चिचिरी–गेन्द्रो दिवसकाे अवसरमा धिमाल जातिय विकास केन्द्रले आफ्नो मौलिक सांस्कृतिक परिकार प्रवर्ध्दनका लागि धिमाल परियाेजना

बेलबारी नगरपालिकाको नव निर्मित प्रशासनिक भवन उद्घाटन

मोरङ, ८ चैत । बेलबारी नगरपालिकाको प्रशासनिक भवन उद्घाटन भएको छ । पूर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकाल र नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा संयुक्त रूपमा बेलबारी वडा नं.१ मा नव निर्मित भवनको समुद्घाटन भएको हो । बेलबारी नगरपालिकाको भवन उद्घाटनमा पूर्व मन्त्रि भानु भक्त

रहेनन् नेपाल मगर संघका पूर्वअध्यक्ष यमबहादुर बुढाथोकी

ललितपुर । नेपाल मगर संघ पुर्व केन्द्रिय अध्यक्ष क्या. यमबहादुर बुढाथोकी मगरको निधन भएको छ। वि सं १९९८ मङ्सिर ८ मा बाग्लुङ जिल्ला वडा नं ८ बिरकोटमा जन्मिएका ८१ वर्षीय बुढाथोकीको हृदयघात र मष्तिष्कघातका कारण सोमबार बिहान ६ बजे ललितपुरको अल्का हस्पिटल-२ मा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी