जसपा बेलवारीले मेयर, उपमेयर सहित ८ वटा वडामा उम्मेदवारी दिए – Satabdi News

जसपा बेलवारीले मेयर, उपमेयर सहित ८ वटा वडामा उम्मेदवारी दिए

बेलबारी। जसपा नेपाल बेलबारी नगर समितिले स्थानीय निर्बाचनमा मेयर, उपमेयर सहित ८ वटा वडामा उम्मेदवारी दिएकाे छ । बेलबारी जसपाले मेयरमा मिनु राई र उपमेयरमा अमिर मगरलाई सर्वसम्मत उम्मेद्वार बनाएकाे नगर अध्यक्ष तिलक साम्पाङ राईले जानकारी दिएका छन्।

मेयरका उम्मेद्वार राई तत्कालिन अशाेक राई नेतृत्वकाे संघीय समाजवादी पार्टिका संस्थापक नेता तथा सामाजिक व्यक्तित्व हुन् । उपमेयरका उम्मेद्वार मगर जसपा, बेलबारी नगर समितिका सचिव, नेपाल मगर संघ बेलबारी नगर सचिब , मगर बौद्ध गुम्बा बेलबारीका अध्यक्ष , सामाजिक अभियन्ता हुन् ।

त्यस्तै पार्टिले वडा नं. १ काे वडा अध्यक्षमा रणशेर गुरुङ, वडा नं. ३ मा दिलकुमार तामाङ, वडा नं. ४ मा रमेश गुरुङ, वडा नं. ५ मा बिजु सुब्बा, वडा नं. ७ मा तिलकबिक्रम कार्की, वडा नं.९ मा नवीन चाैधरी, वडा नं. १० मा सन्ताेष तामाङ र वडा नं. ११ मा कमल बहादुर गुरुङलाई सर्वसम्मत उम्मेद्वार चयन गरि उम्मेद्वारी दीएको नगर सचिव तथा उप मेयरका उम्मेद्वार अमिर मगरले जानकारी दिएका छन् । जसपाले उम्मेदवारि मनाेनयन गरे पनि गठबन्धनमा आबद्धदलहरु सँगकाे छलफललाई जारी राख्ने र सम्मानजनक स्थान पाए गठबन्धन गरेरै जाने अध्यक्ष राईले जानकारी दिनुभयाे ।

मिनु राई

अमिर मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपा बेलवारीले मेयर, उपमेयर सहित ८ वटा वडामा उम..." A few seconds ago

सम्बन्धित खवर