राप्रपाबाट मेयर पदका उम्मेदवारको गाडीमा आगजनी; बेलबारी मोरङ – Satabdi News

राप्रपाबाट मेयर पदका उम्मेदवारको गाडीमा आगजनी; बेलबारी मोरङ

बेलबारी। मोरङको बेलबारी नगरपालिकाका मेयर पदका उम्मेदवार गाडीमा आगजनी भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमको घरैमा पार्किङ गरेर राखिएको गाडिमा आगजानी भएको छ।
बा १२ च ९३८४ नम्बरको सेतो खरानी कलरको कारमा शुक्रबार आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार बिहान राति २ बजेतिर घटनाको जानकारी आएको थियो र तत्काल  इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले घटनामा संलग्न भएको आरोपमा सुन्दरहरैँचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले शुक्रबार विहान पक्राउ गरेको श्रेष्ठले बताए । प्रहरी नियन्त्रणमा रहेका पाण्डे नेपाली कांग्रेसनिकट रहेको स्थानीय बताउँछन्।

सिसि क्यामेरा फुटेजमा देखिएका युवासँग हुलिया मिलेपछि पाण्डेलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। पेट्रोल छर्किएर कारको अगाडि र पछाडी लाइटर बालेर आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ।

मेयरका उम्मेदवार गौतमले पार्टीको झन्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राप्रपाबाट मेयर पदका उम्मेदवारको गाडीमा आगजनी; ..." A few seconds ago

सम्बन्धित खवर