‘भरतपुर भाषण’ले सन्दीप विवादमा, भन्छन्- म शुभकामना दिन मात्र पुगेको – Satabdi News

‘भरतपुर भाषण’ले सन्दीप विवादमा, भन्छन्- म शुभकामना दिन मात्र पुगेको

काठमाडौं । सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्री विवादमा मुछिएका छन् । उक्त सभामा क्षेत्रीले गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई शुभकामना दिएका थिए ।

क्षेत्रीको उक्त चुनावी सभा सम्बोधन यतिबेला विवादमा तानिएको छ । तटस्थ बस्नुपर्ने कलाकारले भोट माग्दै हिंडेको भन्दै सामाजिक सञ्जालमा उनको टीभी कार्यक्रम बहिष्कार गर्नेसम्मको विरोध सुरु भएको छ ।

ट्वीटर र फेसबुकमा क्षेत्रीको भरतपुर भाषणलाई लिएर मिश्रित प्रतिक्रिया व्यक्त भइरहेको छ । कतिपयले शुभकामना दिन पाउनु कलाकारको धर्म भएको बताइरहेका छन् भने कतिपयले क्षेत्रीले राजनीतिक तटस्थता अपनाउन नसकेको उल्लेख गरेका छन् ।

अभिनेता तथा टीभी प्रस्तोता क्षेत्रीले आफ्नो भरतपुर भाषणलाई ‘राजनीतिक प्रपोगान्डा’ बनाउनु उचित नभएको बताए । रेनु दाहाललाई शुभकामना दिन र सचेत तुल्याउन मात्र आफू सभामा पुगेको उनले बताए ।
‘म भोट माग्न गएको होइन । शुभकामना र सचेत तुल्याउन मात्र गएको हुँ,’ उनले भने, ‘शुभकामना दिनु र सचेत बनाउनु कलाकारको धर्म हो । केपी ओलीको सभामा पुगेर पनि शुभकामना दिन त पाइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘भरतपुर भाषण’ले सन्दीप विवादमा, भन्छन्- म शुभका..." A few seconds ago

सम्बन्धित खवर