बेलबारी, २० चैत। बेलबारी भाउन्नेमा दोस्रो भाउन्ने कप २०७८ सञ्चालन हुने भएको छ। आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी गराएको हो।फुटबल खेललाई प्रवर्धन तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता यहि चैत्र २३ गते उद्घाटन भएर चैत्र ३० गते समापन हुने क्लबका अध्यक्ष सन्तोष तामाङले बताए।
खेल संयोजक विक्रम तामाङले सामाजिक सेवामासमेत सक्रिय रहँदै आएको यूथ क्लबको आयोजनामा सञ्चालन हुन गइरहेको प्रतियोगितामा विभिन्न ८ वटा टिमको सहभागिता रहने बताउँछन्।प्रतियोगिताका विजेता टिमले १ लाख १ हजार नगदसहित शिल्ड, पदक तथा प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले ५० हजार नगदसहित शिल्ड,पदक तथा प्रमाण पत्र पाउने छन्। साथै हरेक दिनको प्रतियोगितामा म्यान अफ द म्याचको पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने पनि आयोजकले जनाएको छ।
बेलबारी नगरपालिका सहयोगी संस्थाका रूपमा रहने यस प्रतियोगितामा देश तथा विदेशमा रहने भाउन्ने बासीको ठूलो सहयोग रहेको आर्थिक संयोजक ज्ञानु राईले बताए।
गत बर्ष भाउन्ने युथ क्लबको व्यावसायिक भवन निर्माण गर्ने मुख्य उद्देश्यले ऐतिहासिक प्रथम” भाउन्ने कप नक आउट फुटबल प्रतियोगिता २०७७” सफलतापुर्बक सम्पन्न गरिसकेका छौ। यसर्थ यो बर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन र अधुरो रहेको भाउन्ने युथ क्लबको व्यावसायिक भवन निर्माण पुरा गर्ने मुख्य उद्देश्यले क्लबले” दोस्रो भाउन्ने कप नकआउट फुटबल प्रतियोगिता २०७८” गर्न लागेको खेल व्यवस्थापन सम्योजक तथा क्लबका सल्लाहकार अमिर मगरले सताब्दी न्युजलाई बताए ।
पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार मच्छिन्द्र क्लबका पूर्व क्याप्टेन मदन राई,व्यवस्थापन सम्योजक तथा सल्लाहकार अमिर मगरको समेत उपस्थिति रहेको थियो ।