नेपाली काँग्रेस बेलबारीले २ जना बागी उम्मेदवारलाई पार्टीबाट निष्कासित – Satabdi News

नेपाली काँग्रेस बेलबारीले २ जना बागी उम्मेदवारलाई पार्टीबाट निष्कासित

बेलबारी, १८ वैशाख । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार रुकमिणी धिमाल र धनपति गौतमलाई विधान बमोजिम साधारण सदस्य समेत नरहने गरी नेपालि कांग्रेस पार्टी बेलबारी नगर कार्यसमितिले निष्कासन गरेको छ।

२०७४ सालको स्थानीय निर्बाचनमा उपमेयर पदमा पराजित उनी यसपटक पनि सोही पदमा उम्मेदवार बन्ने तयारीमा थिईन तर पार्टीबाट टिकेट नदिए पछि रुष्ट बनेकी धिमाल उप-मेयर पदको लागि स्वतन्त्र उम्मेदवार दिएका छन्। त्यसैगरि गौतमको वडा नं. ८ को वडा अध्यक्षको उम्मेदवारी रहेको छ। गौतम वडा नं. ८ का निवर्तमान वडाध्यक्ष हुन। आफ्नो नाममा पार्टीले टिकेट नदिए पछि रुष्ट गौतम स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन्।

पार्टीमा पुरानो क्रियाशील तथा क्षमतावान कार्यकर्तालाई अवसर नदिएर पहुँच तथा गुटबन्दीको कारण जो कोहीलाई टिकट दिएको,पार्टीमा पुरानो निष्ठावान् र इमानदार कार्यकर्ताहरूलाई अन्याय भएको,पार्टीमा सुकिला मुकिलाहरुको हाबी भएको कारण बागी दिएको बताइन ।’ मेरो यो उम्मेद्वारी पार्टी भित्र गुट, उप -गुट चालाउने ,पैसा र व्यक्तिगत लाभ लिएर एकलौटी ढंगले पार्टी चलाउने ,पार्टी भित्रको कुरीति र गलत सस्कारको बिरुद्ध मेरो शसक्त उम्मेद्वारी रहेको धिमालले सताब्दी न्युजलाई बताए। पार्टीले निस्कासन गरेको बारेमा धिमाल भन्छिन “हिजो पार्टीलाई हराउन खुलेर सुर्य र हसिया हथौडामा भोट हाल्नेहरुलाई कारबाही नगर्ने पार्टीले आज पार्टी सुद्दिकरणकोलागि, कुरीति र विसंगतिको बिरुद्ध आवाज उठाउदा बोल्दा कारबाही गर्छ भने ममाथि अन्याय गरेको मैले बुझेको छु,बेलबारी बिकाशकोलागि म स्वतन्त्र भई निर्बाचित भएर बेलबारी बिकासकोलागि अहोरात्र खट्ने बताए”। गौतमको पनि आफू नै वडावासीले रोजेको उम्मेदवार रहेको दाबी गर्दै आएका छन्।

नेपाली काँग्रेसबाट उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएकी रुक्मिणी धिमालले ‘पुतली’ चुनाव चिन्ह पाएकी छिन। शनिबार उनले सो चुनाव चिन्ह पाएकी छन्। गौतमले चुनाब चिन्ह हास पाएका छन्।

रुकमिणी धिमाल

धनपति गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली काँग्रेस बेलबारीले २ जना बागी उम्मेदवारल..." A few seconds ago

सम्बन्धित खवर