बागी उम्मेदवारी फिर्ता लिन सत्तागठबन्धनको निर्देशन – Satabdi News

बागी उम्मेदवारी फिर्ता लिन सत्तागठबन्धनको निर्देशन

सत्तारूढ शीर्ष नेताहरूको बैठकले गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएका बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

आज बसेको शीर्ष नेताको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने समझदारी भएको हो।

सातबुँदे निर्देशनमा गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरू फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने, ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूबाट बीचमा सिट बाँडफाँडको सम्झदारी गर्ने, नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धनका दलहरूबीच भइसकेको सिट बाँडफाँड समझदारीविपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारीहरू फिर्ता गर्ने उल्लेख छ।

गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने, गठबन्धनका दलहरूबीच सि टबाँडफाँडको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरू आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने, त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने शीर्ष नेताले निर्देशन दिएका छन्।

गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय पनि सत्तागठबन्धनले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बागी उम्मेदवारी फिर्ता लिन सत्तागठबन्धनको निर्देशन" A few seconds ago

सम्बन्धित खवर