बेलबारी नगरपालिकाको नव निर्मित प्रशासनिक भवन उद्घाटन – Satabdi News

बेलबारी नगरपालिकाको नव निर्मित प्रशासनिक भवन उद्घाटन

मोरङ, ८ चैत । बेलबारी नगरपालिकाको प्रशासनिक भवन उद्घाटन भएको छ । पूर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकाल र नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा संयुक्त रूपमा बेलबारी वडा नं.१ मा नव निर्मित भवनको समुद्घाटन भएको हो ।

बेलबारी नगरपालिकाको भवन उद्घाटनमा पूर्व मन्त्रि भानु भक्त ढकाल , प्रदेस सांसद राज कुमार ओझा , प्रतिनिधि सांसद अमनलाल मोदी , बेलबारी नगर पालिकाका वार्ड अध्यक्ष हरु , बेलबारी नगरका पार्टी अध्यक्ष तथा प्रतिनिधिहरु , स्थानीय बेलबारी बासीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा पुर्ब मन्त्रि तथा प्रतिनिधि सभा सांसद भानु भक्त ढकाल , प्रतिनिधि सांसद अमन लाल मोदी , प्रदेस सांसद राजकुमार ओझा लगायतले बधाई तथा सुभकामना मन्त्यब्य राखेका थिए।

सुन्दर हरैचा नगर पालिकामा भर्खर भवनको सिल्यानस गर्दै छन् , पथरी नगरपालिकामा भवन काँहा बनाउने कुरामा अझै अलमल भैरहेकोमा बेलबारी नगरपालिकामा मेयर ज्ञानेन्द्र सुबेदीको नेतृत्वमा जग्गा उपलब्ध गराई आफ्नो भवन निर्माण सम्मन्न गरेकोमा बधाईको पात्र र कुशल नेतृत्व भएको भन्दै सांसद ढकालले मेयर सुबेदीको प्रसंशा प्रसंशा गरे। भवन जति नै राम्रो र सुन्दर भए पनि काम राम्रो नभए सुन्दर नहुने भन्दै जनप्रतिनिधि हरुलाई जनताको कामलाई राम्रो संग गर्न प्रतिनिधि सभा सांसद अमन लाल मोदीले सुझाए। उनले जुनै पार्टीबाट नेतृत्व गरे पनि जनप्रतिनिधि भए पनि सबैको साझा बन्नु पर्ने पनि सुझाए।

प्रदेश सांसद राजकुमार ओझाले कार्यक्रममा बधाई तथा शुभकामना प्रदान गर्दै कोभिडका कारण निर्वाचनताका बोलेका सबै कुरा पुरा गर्न अवरोध उत्पन्न भए पनि अधिकांश काम सम्पन्न भइसेकेको र जारी रहेको बताए ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सीमित स्रोतसाधनको बाबजुद पनि जनतालाई सेवा प्रभाव गर्ने कार्यमा कुनै कन्जुसाई नगरेको बताए। अभावमा पनि विकास निर्माणको कार्यलाई निरन्तरता दिइरहेको र त्यो जनतालाई महसुस गराउन सकेको बताए।यस अघि नगरपालिकाको प्रशासनिक काम बेलबारीमा वार्ड न ३ मा रहेको कार्यालयबाट भइरहेको थियो ।अब सम्पूर्ण प्रसासनिक कामहरु यस भवनबाट हुने जानकारी गराए। उक्त पहिलेको भवनमा वार्ड न ३ को कार्यालय रहने र वडाको मात्र सेवा प्रवाह हुने जानकारी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाको नव निर्मित प्रशासनिक भवन उद..." A few seconds ago

सम्बन्धित खवर