धिमाल ग्रामथान क्षेत्रमा कानेपाेखरी गाउँपालिकाद्वारा अतिक्रमण गर्ने तयारी
जेठ ११, कानेपाेखरी । माेरङकाे कानेपाेखरी वडा नं. ७ स्थित धिमाल समुदायकाे ग्रामथान रहेकाे क्षेत्रमा गाउँपालिकाले व्यवसायीक संरचना निर्माण गर्ने कार्य प्रति धिमाल समुदायले आपत्ती जनाएकाे छ । धिमाल जातीय विकास केन्द्र, कानेपाेखरी गाउँपालिका समिति र धम्कुवा गाउँ टाेल समितिले विज्ञप्ति जारी गर्दै गाउँपालिकाकाे साे कदम प्रति आपत्ती जनाएकाे हाे

