पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन – Satabdi News

पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

१० जेठ, काठमाडौं । मोरङको सुन्दरहरैंचा न पा १० खोर्साने निवासी पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार बिहान ३ः३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नरेन्द्र बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए ।

उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत थिए । पछिल्लो समय मोरङको सुन्दरहरैंचा न पा १० खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय थिए । बस्नेतका एक श्रीमती र दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन" A few seconds ago

सम्बन्धित खवर