धिमाल ग्रामथान क्षेत्रमा कानेपाेखरी गाउँपालिकाद्वारा अतिक्रमण गर्ने तयारी – Satabdi News

धिमाल ग्रामथान क्षेत्रमा कानेपाेखरी गाउँपालिकाद्वारा अतिक्रमण गर्ने तयारी

जेठ ११, कानेपाेखरी । माेरङकाे कानेपाेखरी वडा नं. ७ स्थित धिमाल समुदायकाे ग्रामथान रहेकाे क्षेत्रमा गाउँपालिकाले व्यवसायीक संरचना निर्माण गर्ने कार्य प्रति धिमाल समुदायले आपत्ती जनाएकाे छ ।

धिमाल जातीय विकास केन्द्र, कानेपाेखरी गाउँपालिका समिति र धम्कुवा गाउँ टाेल समितिले विज्ञप्ति जारी गर्दै गाउँपालिकाकाे साे कदम प्रति आपत्ती जनाएकाे हाे । साे क्षेत्रमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त बजेटबाट स्थानिय सरकारले खुल्ला व्यायमशाला तथा विभिन्न ब्यवसायिक संरचना निर्माण गर्न लागेकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको पहलमा मन्त्रालयबाट ५० लाख गाउँपालिकामा आएपछि धिमाल समुदाय सँग छलफल र अनुमति बिना त्यस क्षेत्रमा खुल्ला व्यायामशाला, प्रवेशद्वार (गेट), वनभोज खाने कटेज, विश्रामालय, खानेपानी ट्युबवेल लगायत निर्माण गर्न लागिएकाे छ ।

रंगेली–कानेपोखरी हुलाकी मार्गले छोएको पूर्वपश्चिम राजमार्ग अन्तरगत कानेपोखरी चोकदेखि १ किलोमिटर दक्षिणमा रहेकाे सो पोखरी क्षेत्रमा धिमाल जातिको ग्रामथान रहेकाे छ । धिमाल जातिको जीवन पद्धति वन जंङ्गल, खोला नाला लगायतको प्रकृति सँग जोडिएको हुने बताउदै समुदायको ईतिहास, सँस्कृति संरक्षण गर्न राज्यको दायित्व भए पनि विकासकाे नाममा समुदायकाे ईतिहासलाई नै नामेट पार्ने कार्य स्थानिय सरकारले गरिरहेकाे प्रति धिमाल जातीय विकास केन्द्रका केन्द्रिय उपाध्यक्ष केदार धिमालले आक्राेश व्यक्त गर्नु भयाे ।

धिमाल समुदाय सँग विना छलफल, विना अनुमति ऐतिहासिक स्थलको अतिक्रमण गर्नु अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी १६९ विपरित कार्य भएकाे समेत उहाँले बताउनु भयाे ।

कानेपोखरी ग्रामथानको  ईतिहास, संस्कृती, मिथकहरुलाई समाप्त पार्ने ध्येयका साथ स्थानिय सरकारले विभिन्न ब्यवसायिक संरचना निर्माण गर्ने अदुरदर्शी कदमलाई सच्याउन धिमाल जातीय विकास केन्द्र, कानेपाेखरी गाउँपालिका समितिका अध्यक्ष प्रकाश धिमालले विज्ञप्ति मार्फत अनुराेध गर्नु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमाल ग्रामथान क्षेत्रमा कानेपाेखरी गाउँपालिकाद..." A few seconds ago

सम्बन्धित खवर