सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति – Satabdi News

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

२७ असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । दोस्रो पटक म्याद थपका लागि प्रहरीले आज (असोज २७ गते) अदालत उपस्थित गराएको थियो । यसअघि अदालतले २० गतेदेखि गणना हुने गरी ७ दिन अर्थात् आज (असोज २७ गते) सम्मका लागि म्याद थप गरेको थियो ।

२०७९ भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि लामिछाने असोज २० गते पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदाल..." A few seconds ago

सम्बन्धित खवर